काठमाडौँ, साउन २४ गते । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुधर्मालम्बीहरुको महत्वपुर्ण चाडपर्व रक्षाबन्धन अर्थात जनै पुर्णिमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।
रक्षाबन्धन श्रावण शुक्ल पुर्णिमाको दिन हिन्दु (तागाधारी)हरुले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने चलन छ। नेवाः संस्कृतिमा गुन्पुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीले एकापसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको छ। रक्षा बन्धनलाई हिन्दु शास्त्रमा असुर र देबगण विच भएको युद्दमा देबगणको विजय सगँ जोडिएको छ। यो पर्वले हाम्रो समाजका खराब पात्र र प्रबृत्तिको अन्त्य र असल पात्र र संस्कारको बिजय संगै सत्य र निष्ठाको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने बिश्वास लिनु भएकाे छ।
हाम्रो देश नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो।हाम्रो संविधानले सबै धर्म, जाति, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ । विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आ-आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरुले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्। हामी सबै नेपाली भए पनि अलग-अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौं। विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो ।
यस्ता पर्वहरुले सामाजिक, सांस्कृतिक र जातिय एकतालाई कायम राख्दै आपसी सद्भावलाई प्रगाढ बढाउने तथा समस्याहरु संग जुधेर सम्मुनत मुलुक बनाउन सबैलाई दृढ इच्छाशक्ति मिल्ने बिश्वास लिँदै रक्षाबन्धन तथा गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नु भएको छ ।