प्रेस चौतारी प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनले सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जेभियर इन्टरनेसनल कलेजले जितेको छ ।
कपिलवस्तु–११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताउनुभएको छ ।
मच्छिन्द्र फुटबल क्लब पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै नेपालमा पनि अग्रिम जमानतको कानुन प्रबन्ध गर्न लागेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ताविरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत बताउनुभयो ।
जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र एल्युमिनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’ भएको बताएको छ ।
रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतीक्षा गरिरहेको क्रेमलिनले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ उन्मुख भएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश समितिको तेस्रो महाधिवेशनले खिमा गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ।बुधबार भएको प्रादेशिक महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गर्नुभएको हो ।
दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा बुधबार साइकल दौड प्रतियोगिता गरेको छ ।