• २४ साउन २०८२, शनिबार

जीवनशैली सुधारले मधुमेह नियन्त्रण

blog

मधुमेह एक दीर्घकालीन रोग हो, जसमा शरीरले रगतमा चिनी (ग्लुकोज) को मात्रा नियन्त्रण गर्न असमर्थ हुन्छ । यसलाई डायबिटिज वा चिनी रोग पनि भनिन्छ । शरीरमा इन्सुलिन नामक हर्माेनको उत्पादनमा कमी वा उत्पादित हर्मोनलाई शरीरले ठिकसँग प्रयोग गर्न नसकेकाले गर्दा रगतमा ग्लुकोजको मात्रा असामान्य रूपमा बढ्न पुग्छ । यसले दीर्घकालमा मुटु, मिर्गौला, आँखाको दृष्टि र स्नायु प्रणालीमा गम्भीर असर पार्छ ।

‘इन्सुलिन हर्मोन  प्यान्क्रियाज’ ग्रन्थीभित्र रहेका बिटा कोषद्वारा उत्पादन हुन्छ । इन्सुलिन हर्मोन को मुख्य कार्य शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नु हो । जब हामी खानेकुरा खान्छौँ, त्यसबाट प्राप्त ग्लुकोज रगतमा बढ्छ । अब प्यान्व्रिmयाजले इन्सुलिन निकाल्छ । इन्सुलिनले त्यो ग्लुकोजलाई रगतबाट कोशिकाभित्र लैजान मद्दत गर्छ, जहाँ त्यसलाई ग्लाइकोजनको रूपमा भण्डारण गरिन्छ । यसरी इन्सुलिनले रगतमा चिनीको मात्रा सन्तुलन राख्न महìवपूर्ण भूमिका खेल्छ ।

मधुमेह आजको युगमा विश्वव्यापी रूपमा बढ्दो समस्याको रूपमा देखा परेको छ र नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा मधुमेह तीव्र गतिमा फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार नेपालको लगभग ८/१० प्रतिशत वयस्क जनसङ्ख्या मधुमेहबाट प्रभावित छन् । ग्रामीण भेगभन्दा सहरी क्षेत्रहरूमा यो रोग बढी देखिन्छ किनकि त्यहाँ खानपानमा अनियमितता, शारीरिक गतिविधिको कमी र तनाव बढी हुन्छ ।

मधुमेहका प्रकार

मधुमेह मुख्यतः दुई प्रकारका हुन्छन् । टाइप–१ र टाइप–२ । टाइप–१ मधुमेह बालबालिका वा युवामा (३५ वर्षभन्दा कम) देखिने प्रकार हो, जसमा शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । यो अटोइम्युन रोग हो जसमा शरीरले आफ्नै प्यान्व्रिmयाज कोषहरूलाई नष्ट गर्छ । टाइप–२ मधुमेह वयस्कमा (३५ वर्षभन्दा माथि) देखिने प्रकार हो, जसमा शरीर इन्सुलिनको उपयोग गर्न असमर्थ हुन्छ यसलाई ‘इन्सुलिन रेसिस्टेन्स’ भनिन्छ वा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्दैन । साथै गर्भावस्थामा देखिने जेस्टेसनल डायबिटिज पनि एक किसिमको मधुमेह हो ।

मधुमेहका कारण

मधुमेह हुनुका मुख्य कारणमा अस्वस्थ खानपान, शारीरिक निष्कियता, आनुवंशिकता, मोटोपन, उच्च रक्तचाप र अत्यधिक तनाव पर्छन् । साथै उमेर वृद्धि, अत्यधिक चिल्लो वा चिनीयुक्त खाना, नियमित व्यायामको अभाव, धूमपान, मदिरा सेवन जस्ता बानीले पनि मधुमेहको जोखिम बढाउँछ । टाइप–१ मधुमेह प्रायः अटोइम्युन प्रतिक्रिया कारणले हुन्छ, जसमा शरीरको प्रतिरक्षा प्रणालीले आफैँको इन्सुलिन उत्पादन गर्ने प्यान्क्रियाजलाई नष्ट गर्छ । टाइप–२ मधुमेह भने प्रायः बिस्तारै विकास हुन्छ र यो इन्सुलिन प्रतिरोध र इन्सुलिनको कमीका कारण हुन्छ । जेस्टेसनल डायबिटिजको मुख्य कारण हो गर्भावस्थामा हुने हर्माेनहरूको प्रभावले इन्सुलिनको कार्यक्षमता घट्नु । यसले गर्दा शरीरलाई धेरै इन्सुलिन चाहिन्छ, तर प्यान्व्रिmयाजले त्यो पर्याप्त मात्रामा उत्पादन गर्न सक्दैन ।

मधुमेहका लक्षण

मधुमेहका लक्षण बिस्तारै देखा पर्न सक्छन् र कहिलेकाहीँ सुरुमा थाहा पाउन गाह्रो पनि हुन सक्छ । यसको मुख्य लक्षणमा बारम्बार पिसाब लाग्ने, अत्यधिक तिर्खा लाग्ने, धेरै भोक लाग्ने, तौल घट्ने, थकान महसुस हुने, दृष्टि धमिलो हुने, घाउ चाँडै निको नहुने, छालामा सङ्क्रमण बारम्बार हुने जस्ता लक्षण पर्छन् । विशेष गरी टाइप–१ मधुमेहमा यी लक्षण छिटो देखा पर्न सक्छन् भने टाइप–२ मधुमेहमा बिस्तारै र लामो समयपछि मात्र थाहा पाइन सक्छ । जेस्टेसनल डायबिटिजको लक्षण सामान्यतः थोरै देखिन्छन् वा धेरै जसो महिलामा कुनै स्पष्ट लक्षण नै देखिँदैनन् । त्यसैले यो रोग प्रायः गर्भावस्थाको नियमित परीक्षणबाट मात्र पत्ता लाग्ने हुन्छ तर केही अवस्थामा लक्षण देखा पर्न सक्छन् जुन मधुमेहका सामान्य लक्षणसँग मिल्दोजुल्दो हुन्छ । कतिपय अवस्थामा व्यक्तिलाई कुनै लक्षण नदेखिए पनि नियमित परीक्षणबाट मात्र मधुमेह पत्ता लाग्न सक्छ । यदि यस्ता लक्षणहरू देखिन थाल्यो भने ढिलो नगरी चिकित्सकको सल्लाह लिनु अत्यावश्यक हुन्छ ताकि समयमै उपचार र नियन्त्रण गर्न सकियोस् ।

मधुमेहको निदान

मधुमेहको पहिचान वा निदान विभिन्न रक्त परीक्षणमार्फत गरिन्छ । सबैभन्दा सामान्य परीक्षणमा फास्टिङ ब्लड सुगर (खाली पेटमा गरिएको रक्त चिनी परीक्षण), पोस्टप्रान्डियल ब्लड सुगर (खाना खाएपछि) र ग्लाइकोसाइलेटेड हेमोग्लोबिन परीक्षण पर्छन् । फास्टिङ ब्लड सुगर परीक्षणमा यदि चिनीको मात्रा १२६ मिलिग्राम/डेसीलिटर वा सोभन्दा बढी देखिन्छ भने मधुमेहको सम्भावना उच्च हुन्छ । ग्लाइकोसाइलेटेड हेमोग्लोबिन परीक्षणले पछिल्ला तीन महिनाको औसत रगतमा चिनीको स्तर देखाउँछ र यदि यसको मान ६.५५ वा बढी छ भने पनि मधुमेह पुष्टि हुन्छ । कहिलेकाहीँ ओरल ग्लुकोज टोलेरेन्स टेस्ट पनि गरिन्छ, विशेषतः गर्भावस्थामा हुने मधुमेह पत्ता लगाउन । सही निदानका लागि यी परीक्षण चिकित्सकको सल्लाह अनुसार गरिनु पर्छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार यसको प्रकार अनुसार फरक फरक हुन्छ । टाइप–१ मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्न नसक्ने भएकाले इन्सुलिन इन्जेक्सन अनिवार्य रूपमा दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचिनी परीक्षण गर्दै इन्सुलिनको मात्रा नियन्त्रणमा राखिन्छ । टाइप–२ मधुमेहको उपचारमा सुरुवातमा जीवनशैलीमा सुधार ल्याउने जस्तै स्वस्थ र सन्तुलित भोजन (चिनी, सेतो चामल, मैदा, तारेको र बोसोयुक्त खाना कम गर्ने, कम्तीमा ३० मिनेट दैनिक नियमित व्यायाम गर्ने, तौल घटाउने, तनाव व्यवस्थापन गर्ने र धूमपान तथा मदिरा सेवन त्याग्ने) आदि पर्छन् । यति गर्दा पनि रक्तचिनी नियन्त्रणमा नआएमा औषधी जस्तै मेटफोर्मिन, ग्लिबेनक्लामाइड प्रयोग गरिन्छ । समयसँगै औषधीले काम नगरेमा इन्सुलिन इन्जेक्सन थप्नु पर्छ । त्यस्तै गर्भावस्थामा देखिने जेस्टेसनल डायबिटिजको उपचार विशेष सतर्कताका साथ गरिन्छ, जसमा आहार व्यवस्थापन, व्यायाम र आवश्यक भएमा इन्सुलिन प्रयोग गरिन्छ । गर्भावस्थामा मधुमेह नियन्त्रण गरिएन भने बच्चा र आमाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ जस्तै समयभन्दा अगावै डेलिभरी, उच्च तौल भएको बच्चा वा जन्मपछिको रक्तचिनीमा गडबडी । त्यसैले सबै प्रकारका मधुमेहका लागि नियमित जाँच, रक्तचिनीको निगरानी र चिकित्सकको सल्लाह अनुसार औषधी प्रयोग अत्यन्त जरुरी हुन्छ । साथै उच्च रक्तचाप, कोलेस्ट्रोल र मोटोपन जस्ता सहरोगको नियन्त्रण पनि अत्यावश्यक हुन्छ ।

मधुमेहको जटिलता

मधुमेह समयमै नियन्त्रण नगरिएमा यसले शरीरका धेरै महत्वपूर्ण अङ्गमा दीर्घकालीन र कहिलेकाहीँ जीवन खतरामा पार्ने जटिलता उत्पन्न गर्न सक्छ । सबैभन्दा सामान्य र गम्भीर जटिलतामध्ये एक हो मुटु तथा रक्तनलीसम्बन्धी समस्या । मधुमेह भएका व्यक्तिलाई हृदयघात, स्ट्रोक, उच्च रक्तचाप र रक्तनली खुम्चिनेको खतरा अरूभन्दा बढी हुन्छ । त्यसै गरी उच्च रगतचिनीले मिर्गौलाको फिल्टर गर्ने नलीहरूलाई क्षति पु¥याउँछ, जसले गर्दा मिर्गौला ले फोहोर फिल्टर गर्न सक्दैन र अन्ततः मिर्गौला  फेल हुन सक्छ । यस्तो अवस्थामा डायलाइसिस वा मिर्गौला प्रत्यारोपण आवश्यक पर्छ । मधुमेहले आँखाको रेटिनामा असर गर्छ जसले गर्दा दृष्टि धमिलो हुने, आँखामा रगत बग्ने वा दृष्टि पूर्ण रूपमा गुम्ने अवस्था आउन सक्छ । यसबाहेक मोतिविन्दु र जलविन्दु हुने जोखिम पनि बढ्दो हुन्छ । 

मधुमेहको कारण शरीरका नसाहरू क्षतिग्रस्त हुन सक्छन, विशेष गरी खुट्टाका नसाहरू । यसले खुट्टा पोल्ने, झमझमाउने, संवेदनहीनता, दुख्ने वा जलेको जस्तो अनुभव गराउने समस्या ल्याउँछ । खुट्टामा चोट पटक परेपछि थाहा नपाउने, घाउ बिग्रिने र गम्भीर अवस्थामा खुट्टा काट्नुपर्ने स्थिति पनि आउन सक्छ । छालासम्बन्धी समस्या जस्तै घाउ ढिलो निको हुने, छाला सुक्खा हुने, सङ्क्रमण बारम्बार हुने, फोका आउने आदि पनि मधुमेहका सामान्य जटिलता हुन । शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले मधुमेह भएका बिरामीमा सङ्क्रमणको जोखिम उच्च हुन्छ । पाचन प्रणालीमा पनि मधुमेहले असर गर्छ, यसले कब्जियत, अपच, वान्ता हुने जस्ता लक्षण ल्याउन सक्छ । यस्तै यौन स्वास्थ्यमा असर गरी पुरुष तथा महिलामा यौन इच्छा कम हुनु जस्ता समस्या देखिन सक्छन् । मानसिक स्वास्थ्य पनि मधुमेहले असर पार्न सक्छ । दीर्घकालीन रोग भएकाले बिरामीहरूमा तनाव, चिन्ता, डिप्रेसन हुने सम्भावना बढी हुन्छ ।

रोकथामका उपाय

मधुमेहको रोकथामका लागि विस्तृत रूपमा स्वस्थ जीवनशैली अपनाउनु अत्यावश्यक हुन्छ । जसमा सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण, मानसिक सन्तुलन, नियमित स्वास्थ्य परीक्षण तथा नकारात्मक बानीबाट टाढा रहनु पर्छ । आहारमा उच्च फाइबरयुक्त खाद्यपदार्थ जस्तै कोदो, फापर, हरियो सागसब्जी, फलफूल, दाल, सिमी र कम बोसोयुक्त खाना समावेश गर्नु पर्छ । अत्यधिक चिनी, चिल्लो र प्रशोधित खाना (जस्तै बिस्कुट, चाउचाउ, फास्ट फुड) जति सक्दो कम गर्नु पर्छ । दैनिक कम्तीमा ३० मिनेट छिटो हिँड्ने, साइकल चलाउने, योग गर्ने वा कुनै शारीरिक गतिविधिमा संलग्न हुने बानीले शरीरमा इन्सुलिनको उपयोग क्षमतालाई सुधार गर्छ र ब्लड सुगर सन्तुलनमा राख्न मद्दत गर्छ ।

शरीरको तौल विशेष गरी पेट वरिपरिको बोसो कम गर्नेतर्फ ध्यान दिनु अत्यन्त महìवपूर्ण छ किनकि मोटोपन मधुमेहको प्रमुख कारण हो । त्यस्तै धूमपान तथा मदिरा सेवनले शरीरमा इन्सुलिनको प्रभावकारिता घटाउने भएकाले यी दुव्र्यसनबाट पूर्ण रूपमा टाढा रहनु पर्छ । दीर्घकालीन मानसिक तनावले कोर्टिसोल हर्माेन बढाएर ब्लड सुगरमा नकारात्मक असर पार्न सक्छ त्यसैले ध्यान, गहिरो सास फेर्ने अभ्यास, मनपर्ने काममा संलग्नता आदि उपायद्वारा तनाव व्यवस्थापन गर्नु पर्छ । तपाईंको परिवारमा मधुमेहको इतिहास छ भने झन् बढी सतर्क भई हरेक तीनदेखि छ महिनामा ब्लड सुगर परीक्षण गर्नु पर्छ ताकि प्रारम्भिक चरणमै रोगको पहिचान गरी नियन्त्रण गर्न सकियोस् । यी सम्पूर्ण उपाय मिलेर मधुमेह हुने सम्भावना घटाउन र दीर्घकालसम्म स्वस्थ जीवन यापन गर्न सहयोग पु¥याउँछन् ।