भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो। योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ।
गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यो सँगै हाल नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेका छन् ।
पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ।पानीे पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ।
सल्यानमा सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनको उद्घाटन भएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले भवनको उद्घाटन गर्नुभयो।
संयुक्त राष्ट्रसंघले सन् २०२५ का लागि विश्वभर आवश्यक पर्ने करिब ४६ खर्ब रुपैयाँ बराबरको मानवीय सहायता मध्ये हालसम्म १७ प्रतिशतभन्दा कम मात्र प्राप्त भएको जानकारी दिएको छ ।
दूरसञ्चार सेवाप्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ। उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिक रहेको भिन्तुनाडाँडा सहिद पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। उक्त क्षेत्रमा शुक्रबार वृक्षारोपण गरिएको हो।
पहिलो कुमन कप फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। कलङ्कीस्थित एलआरआई स्कुलको फुटसल ग्राउन्डमा सम्पन्न भएको प्रतियोगितामा नेपाली विद्यार्थी र जापानी विद्यार्थीबिच प्रतिस्पर्धा भएको थियो। आइसिसि बिज्नेस होल्डिङ्को सहकार्यमा कुमन नेपाललको प्रतियोगिताको आयोजना गरेको हो।
नारायणी नदी किनारमा शुक्रबार शव फेला परेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी रिसोर्ट अगाडि नदी किनारमा एक वृद्ध महिलाको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।
जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो ।
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । “गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ ।
जनैपूर्णिमाको अवसर पारेर सिन्धुपाल्चोकको पाँचपोखरीमा लाग्ने ऐतिहासिक मेला भर्न देशभरबाट हजारौँ तीर्थयात्री र पर्यटकको चाप बढ्दै गएको छ।
ताप्लेजुङमा शनिबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल स्थानीय तेल्लोक स्पोर्टिङ क्लब र सुनसरीको द योङ ब्रदर्स क्बल इटहरीले खेल्ने भएको छ। द योङ ब्रदर्ससँग तेल्लोक स्पोर्टिङ क्लबले आयोजक टोलीको रुपमा उद्घाटन खेल खेल्ने भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशमा ३७८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ।