• २५ साउन २०८२, आइतबार

विश्वव्यापी मानवीय सहायता अभावप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

blog

संयुक्त राष्ट्रसंघ, साउन २३ गते । संयुक्त राष्ट्रसंघले सन् २०२५ का लागि विश्वभर आवश्यक पर्ने करिब ४६ खर्ब रुपियाँ बराबरको मानवीय सहायता मध्ये हालसम्म १७ प्रतिशतभन्दा कम मात्र प्राप्त भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्त्ता फरहान हकले भन्नुभयो, “वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि मानवीय सहयोगको अवस्था अत्यन्तै चिन्ताजनक छ ।” यस वर्ष अहिलेसम्म प्राप्त सहयोग अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कम रहेको उहाँले बताउनुभयो ।

यो कमीले विश्वका लाखौं असहाय र संकटमा परेका व्यक्तिहरूलाई भोकमरी, रोग तथा अन्य गम्भीर समस्याबाट जोगाउन सहयोग पु¥याउन चुनौती थपेको छ । यस्ता परिस्थितिलाई सामना गर्नका लागि राष्ट्रसंघले हालै विशेष अभियान सुरु गरेको छ, जसअन्तर्गत सबैभन्दा धेरै जोखिममा रहेका ११ करोडभन्दा बढी मानिसहरूलाई तत्काल आवश्यक सहायता पुर्याउने लक्ष्य राखिएको छ ।

संयुक्त राष्ट्रसंघले सबै दातृ देश, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र नागरिकलाई यो गम्भीर अवस्थाबारे सचेत हुन र सहयोगका लागि अग्रसर हुन हार्दिक अनुरोध गरेको छ, ताकि मानविय संकटमा परेका जनतालाई प्रभावकारी रूपमा सहायता गर्न सकियोस् । रासस/सिन्ह्वा