राष्ट्रपति रामचन्द्र पौडेलले जनै पूर्णिमा, ऋषितर्पणी एवम् रक्षाबन्धनको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा चार वर्षअगाडिदेखि ढुङ्गा खस्ने समस्याले यात्रुलाई सास्ती दिँदै आएको भए पनि यसको दीर्घकालीन समाधानको उपायतर्फ ध्यान जान सकेको छैन । जसले गर्दा यो बाटोमा चार वर्षमा धेरैले ज्यान गुमाइसकेका छन् ।
नेपाली सेनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका अन्तर्गतको खुर्कोटस्थित सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिजको मर्मत सम्पन्न गरेको छ । सिन्धुली र रामेछाप जिल्लालाई जोड्ने उक्त पुलमा प्रयोग गरिएका नटबोल्ट खुस्किएर जोखिम बढेसँगै प्राविधिक परीक्षणलगायतका काम गरी मर्मत गरेको सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको ९ नम्बर बाहिनीले जनाएको छ ।
कैलालीको धनगढीस्थित कारागारमा कैदीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
बैतडीका १० वटा स्थानीय तहले शिक्षामा वार्षिक चार अर्ब रुपियाँभन्दा बढी खर्च गरिरहेका छन् तर विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर निरन्तर घट्दै गइरहेको छ । जिल्लामा १३३ वटा माध्यमिक विद्यालय, कक्षा १ देखि ८ सम्म आधारभूत तहको पढाइ हुने ४२९ विद्यालय, ४१७ बालविकास र १४ वटा क्याम्पस गरेर ७२३ वटा शैक्षिक संस्था छन् ।
खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान सरकारले लगाएको प्रतिबन्धपछि मानव तस्करले रणनीति बदल्न थालेका छन् । भारतको खुला सीमा र त्यहाँका विमानस्थललाई नयाँ मार्गका रूपमा प्रयोग गर्न थालेका हुन् ।
धनुषाको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसहितको टोलीले शुक्रबार पानीको स्रोत चुरे तथा भाँवर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । चुरे र भाँवर क्षेत्रमा भएका खोला तथा मुहानबाट बगेर खेर गइरहेको पानीलाई सिँचाइ तथा खानेपानीका लागि प्रयोगमा ल्याउन स्थलगत अवलोकन गरिएको हो ।
कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक प्रदेश सभामा दर्ता गरी अघि बढाएको छ । प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कायम गर्न प्रदेश सरकारले उक्त विधेयक अघि बढाएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो ।
जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटनस्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा जनै पूर्णिमाको दिन दशनार्थीको घुईंचो लागेको छ ।
बिहानको लगभग ८ बजेको थियो । बाहिर सडकमा फाट्टफुट्ट मानिस ओहोरदोहोर गरिरहेका थिए । आकाशमा बादलको पातलो पत्र हावाको गतिसँगै घरी यताबाट उता अनि घरी उताबाट यतातिर बगिरेको थियो । बारीतिर हरिया मकै र तरकारीका बोटबिरुवा र झ्याङले प्रकृतिको
म एक सुरुवात जसरी सूर्यको न्यानो किरणले एउटा नयाँ सुगन्ध ल्याउँछ त्यसरी नै प्रत्येक बिहानी
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनैपूर्णिमा र गाइजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।