बझाङ बुङ्गल नगरपालिका –१ अन्तर्गत दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज वीरबहादुर धामीको निधन भएको छ । लामो समयदेखि स्वास्थ्य सेवामा योगदान दिँदै आउनुभएका धामीको क्यान्सर रोगका कारण बुधबार बिहान निधन भएको हो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतीक भएको बताउनुभएको छ । रङहरूको विशेष पर्व होलीको अवसरमा बिहीबार शुभकामना सन्दशे जारी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबिच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) फागुन२९ गते । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरिगाउँ चिसापानी सडक खण्डको बलाती भन्ने स्थानमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गराएका छन् । मानव वन्यजन्तु न्यूनीकरणका लागि दिगो समाधान खोज्नुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध गरेको स्थानीयवासीले जनाएका छन् । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरू ठप्प भएका छन् । सडक सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको छ । यता सडक अवरुद्ध खुलाउनका लागि स्थानीयसँग वार्ता गरी सडक खुलाउने प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, प्रशासन र स्थानीयवासी बिच वार्ता गरी राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनु भयो । गए राती ठाकुर बाबा नगरपालिका वडा नं २ बलातीका ७१ वर्षीय बोलीराम थारूको मृत्यु हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । रातीको समयमा घर छेउको खेतमा हात्तीले गहुँ खाई रहेको थाहा पाएपछि धपाउन बाहिर निस्किएका थारूलाई हात्तीले गर्दा मृत्यु भएको थियो ।अवरुद्ध राजमार्ग र मृतकको शव । तस्बिर: गोरखापत्र
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ, फागुन २९ गते । होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
काठमाडौँ, फागुन २९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहनुभएका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताउनुभको छ । “वसन्त ऋतुको मौसममा मनाइने रङहरूको पर्व फागुपूर्णिमा [होली]को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ”, एक्समा उहाँले लेख्नुभएको छ ।
काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको हो । फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गर्नुभएको छ । “फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले लेख्नुभएको छ, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना [ ह्याप्पी होली ]”
लुम्बिनी प्रदेशका जिल्लामा होलीका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका सबै जिल्लामा होलीका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने गरी विशेष सुरक्षा व्यवस्था अपनाइएको हो ।
उमेरले ८४ वर्ष पुग्नै लाग्नुभएका गुल्मी कालीगण्डकी–७, भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई सहरमा बस्न नपुगेर होइन, उहाँका चार जना छोरामध्ये एक जना भारत र अन्य तीन जना बुटवललगायतका सहरमा बस्नुहुन्छ ।
शेरबहादुर राईओखलढुङ्गा, फागुन २९ गते । ठेकेदारका कारण अलपत्र परेको तत्कालीन जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाको भवन निर्माण स्थल जङ्गलमा परिणत भएको छ । ठेक्ला लागेको १० वर्ष बित्दासमेत भवन निर्माणको काम सम्पन्न भएको छैन । २०७१ असार ३१ गते भवन निर्माणको जिम्मा पाएको गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणका लागि घडेरी सम्याउन र डीपीसीको काम गरेर छोडेको थियो । जग्गा सम्याउन र भवनको जग हाल्न २० लाख खर्च भएको बताइएको छ । अहिले उक्त निर्माण स्थलमा उत्तिसको जङ्गल भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र भवनको काम सक्ने गरी दुई करोड ८८ लाख ६७ हजार रुपैयाँमा सम्झौता गरेको थियो । निर्माण स्थलमा निर्माण सामग्री पुर्याउन समस्या भएको, भूकम्प र नाकाबन्दी लगायतका कारण देखाएर ठेकेदार कम्पनीले काम अघि बढाएको थिएन । हालको शिक्षा विकास तथा समन्वय इकाईले पटक पटक स्पष्टिकरण सोधेर दुई वर्ष अघि ठेक्का तोडिएको सूचना अधिकारी विष्णु प्रसाद कडेलले बताउनुभयो । पर्याप्त बजेट नआएकाले नयाँ ठेक्का आह्वान नभएको कँडेलको भनाई छ । व्यक्तिको घरमा वार्षिक लाखौँ रुपैयाँ भाडा तिरेर हाल शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय सञ्चालन भइरहेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन लगायत लामो समय देखी जिल्लामा अलपत्र र रुग्ण अन्य आयोजनाहरूको काम अगाडी बढाउन विशेष पहल गरिने ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो । भर्खरै प्रमुख जिल्ला अधिकारीका रूपमा ओखलढुङ्गा आउनुभएको प्रजिअ सुवेदीले लामो समय देखी अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गर्न प्राथमिकताका साथ पहल गरिने बताउनु भएको हो । स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा अलपत्र आयोजनालाई गति दिने प्रजिअ सुवेदीले बताउनुभयो । साथै जिल्लाको शान्ति सुरक्षा, सुशासन कायम गर्न तर्फ पनि विशेष योजना बनाएर काम गरिने प्रजिअ सुवेदीले बताउनुभएको छ ।
गण्डकी प्रदेश सभाको बुधबार बसेको बैठकले सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । यो विधेयक यही फागुन २ गते प्रदेश सभा सचिवालयमा दर्ता भएकोमा र फागुन ८ गते यसमाथि सामान्य छलफल भएको थियो ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानी कुण्डमा स्नानका लागि नयाँ पोखरी थपिएको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश गौरवका योजनाको कार्यान्वयन तीव्र गतिमा अगाडि बढाएको बताउनुभएको छ । आफ्नो मन्त्रालयले अर्बौंका सडक, पुल र आवासका योजनाको काम युद्धस्तरमा अगाडि बढाएको बताउनुभएको हो ।
गाउँका झुपडीदेखि सहरका महलसम्म गुञ्जायमान भइरहने जोगिरा अचेल सुन्न छोडिएको छ । जोगिरा गाउने कला नयाँ पुस्तामा पुस्तान्तरण नहुँदा सुन्न छोडिएको हो ।