गोरखापत्र समाचारदाता
काठमाडौ, साउन २४ गते । विश्व आदिवासी दिवसको अवसर पारेर कोटेश्वरस्थित ग्रामर कलेजले शनिबार आदिवासी जनजातिको विभिन्न ज्ञानसँग सम्बन्धित जर्नल ‘जिक्याप’ सार्वजनिक गरेको छ ।
विभिन्न प्रचिष्ठित लेखकहरूको नौ वटा आलेख समेटिएको जर्नलमा आदिवासी जनजाति राणा थारू समुदायको सांस्कृतिक पुँजी तथा प्राज्ञिक ज्ञान, बराम समुदायको परम्परागत औषधीजन्य ज्ञान, राई समुदायको मौलिक संस्कृति, राजवंशी भाषाको अपसरण क्षेत्र र कारण आदिका विषय समेटिएका छन् ।
प्राध्यापक डा. गोविन्द तुम्वाहाङलगायतले जर्नल सार्वजनिक गर्नुभयो । जर्नल सार्वजनिक गर्दै सम्पादक डा. विष्णुसिँ राईले आधुनिक समयमा विकासका दुई अवधारणा देखापरेको बताउनुभयो ।
उहाँका अनुसार त्यसमध्ये भौतिक विकास र अर्को आदिवासी ज्ञान अनुसारको विकास आलोभित हुँदै गइरहेको छ । उहाँले आदिवासी ज्ञान र विकासको अवधारणा स्थानियतासँग सम्बन्धित भएको उल्लेख गर्दै अहिले विश्वव्यापी रूपमा यो अवधारणालाई स्वीकार गर्न थालिएको बताउनुभयो ।