स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना घाइते भएका छन् । वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको लु १ च ६२५३ नम्वरको जिप वालिङ–१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।
यस पटक साउने (जनै) पूर्णिमा जिल्लाभर धुमधामका साथ मनाउने कार्य भएको छ । धामीझाँक्री नाच्ने र पूजापाठ गरेर जनैपूर्णिमा मनाउने कार्य भएको हो ।
ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबिच प्रतिस्पर्धा हुने भएको छ । क्वाटर फाइनलअन्तर्गत आइतबारको दास्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको हो ।
प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
कर्णालीका युवालाई उद्यममा जोड्ने योजना बनाइएको छ । प्रदेश सरकारले रोजगारीका अवसर सिर्जना गर्ने गरी युवालाई उद्यमशीलतामा जोड्ने योजना अघि सारेको हो । युवा उद्यमशीलता र रोजगारीको विषयलाई नीति तथा कार्यक्रमसहित बजेटमा समावेश गरिएको हो ।
पानी परेपछि मधेश प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफल करिब दोब्बर भएको छ । यसै साता भएको भारी वर्षा र त्यसपछिका नियमित सामान्य वर्षाले धान रोपाइँ बढेको हो । मधेश प्रदेशमा साउन १६ गतेदेखि २३ गते शुक्रबारसम्म सात दिनमै ३३.८१ प्रतिशत विन्दुले बढेर अहिलेसम्ममा कुल खेतीयोग्य जमिनको ७६.५४
आइतबार गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकामा मनाइने सामाजिक तथा साँस्कृतिक पर्व गाईजात्रा भएकाले बर्सेनी सार्वजनिक बिदा दिइने गरेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशका १५१ कृषकलाई कृषि कर्जा अनुदान प्रदान गरेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सरकारले किसानलाई कृषि कर्जा अनुदान प्रदान गरेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ ।
नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको जनाइएको हो ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
एक वर्षमा नेपालका जीवन बिमा कम्पनीको व्यवसाय दुई खर्ब रुपियाँनजिक पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बिमा कम्पनीले कुल एक खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा १६.०५ प्रतिशतले बढी हो ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
नेपाल र जनवादी गणतन्त्र चीनबिच कनेक्टिभिटीको पूर्वाधार बढाउन सके नेपालले आर्थिक, व्यापारिक, पर्यटन, शिक्षा, सूचना प्रविधि, विज्ञान प्रविधिलगायतका क्षेत्रमा फाइदा लिन सक्ने दुवै देशका जानकारले बताएका छन् ।
नेपालमा नसर्ने रोगको प्रकोप घट्न सकेको छैन । पछिल्लो समय मिर्गौला, क्यान्सर, मुटु, मस्तिष्कघातलगायतका नसर्ने रोगको भार बढिरहेको छ ।