गुलरिया नगरपालिका वडा नं. १० मा रहेको महजिदियागाउँ चारैतिरबाट बबई नदीले घेरिएको छ । गाउँको सबै कारोबार दक्षिणतर्फ पर्ने भारतीय बजारसँग हुने गरेको छ । यहाँका बालबालिका विद्यालय अध्ययन गर्नसमेत भारतको गाउँमा जाने गर्छन् भने उनीहरूले नेपालीभन्दा पनि हिन्दी भाषाको बढी ज्ञान हुने गरेको छ ।
ढोरपाटन शिकार आरक्षले आन्तरिक राजस्व वृद्धि गरेको छ । बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षले आर्थिक वर्ष २०८०/८१को तुलनामा २०८१/८२मा ११ लाख ३७ हजार ९५५ रुपियाँले बढी राजस्व सङ्कलन गरेको छ ।
कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले शुक्रबार थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
गणतन्त्र स्थापनार्थ भएको आन्दोलनमा सहभागी भएर घाइते हुनुभएका दैलेखका दीर्घबहादुर थापालाई गण्तन्त्र स्थापनापछि विसं २०६४ जेठ १० गते तत्कालीन जिल्ला विकास समितिको १८ औँ जिल्ला परिषद्ले अस्थायी दरबन्दी सिर्जना गरी सहायकस्तर चौथोमा नियुक्ति दियो ।
कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारमा जोड दिएको छ । शिक्षालाई गुणस्तरीय, निःशुल्क र सर्वसुलभ बनाउने गरी प्रदेश सरकारले शिक्षा सुधारको योजना बनाएको हो ।
स्याङ्जा जिल्ला अदालतमा दुई वर्ष समयावधि नाघेको मुद्दाको सख्या शून्य रहेको छ । अदालतले ३५२ जिम्मेवारी लिएर आएकोमा एक हजार सात नयाँ मुद्दासहित एक हजार ३५९ मा जिम्मेवारी तर्फ ३२८ र नयाँ तर्फ ७१६ गरी एक हजार ४४ मुद्दा फर्छ्यौट भएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्ति तालको सौन्दर्य बचाउन चार सय जना स्थानीय नागरिकको हस्ताक्षर उपमहानगरका प्रमुख प्रशान्त विष्टलाई बुझाइएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९, हात्तीसारमा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवाको पाँच दिनमा शव भेटिएको छ ।
नेपालका आदिवासी नै मूलवासी समुदाय हुन् । उनीहरू हाम्रो सांस्कृतिक धरोहर र पहिचानका आधारस्तम्भ हुन् । उनीहरूको अधिकार, पहिचान, र विकास सुनिश्चित गरे मात्र राष्ट्र समृद्धिको यात्रामा अघि बढ्न सक्छ । यसका लागि समान अवसरसहित सम्मानयुक्त समाज निर्माण गर्नु पर्छ । नेपालीको जातीय विविधतामा नै एकता छ । यही हाम्रो शक्ति हो । आदिवासी समुदायले देशको सांस्कृतिक, ऐतिहासिक र सामाजिक विकासमा अ
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता सहकार्यसहित सरकार सञ्चालन गरेको एक वर्ष पुगेको छ । सरकारको आर्थिक, राजनीतिक, प्रशासनिक कार्यसम्पादनका सन्दर्भमा विभिन्न कोणबाट समीक्षा भएका छन् । विशेष गर कूटनीतिक क्षेत्र र त्यसमा पनि नेपालका छिमेकी मुलुक भारत र चीनसँगको राजनीतिक र कूटनीतिक सम्बन्ध कसरी विकसित भइरहेका छन् भन्ने विषयमा समीक्षा कमै भएका छन् । सरकारको एक वर्ष पुग्दा दक्षिण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
आजकल हामी अधिकांश मानिसलाई मोबाइल फोनले फनफनी घुमाउँछ ।
पश्चिम बागलुङका कतिपय स्वास्थ्य संस्थामा आधुनिक मेसिन बिग्रदा पुरानो विधिको भरमा चलेका छन् । शिशुको धड्कन सुन्ने आधुनिक मेसिन ‘डप्लर’ बिग्रिदा पुरानो प्रविधि ‘फिटोस्कोप’को प्रयोग गर्नुपर्ने बाध्यता छ ।
शासकीय सुधारको सफल कार्यान्वयनमा आमसञ्चारको भूमिका केन्द्रीय रहन्छ । पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र प्रभावकारी सूचना प्रवाहको सुनिश्चितताका लागि आमसञ्चार एक अपरिहार्य माध्यम हो, जसले सरकार र नागरिकबिचको दु