गाउँमा अर्मपर्मबाट गरिने परम्परागत खेती प्रणाली हराउँदै गएको छ । गाउँमा बाली लगाउँदादेखि बाली भित्र्याउनसम्म अर्मपर्म, खेतालापात गरेर काम गरिने चलन पछिल्लो समय हराउँदै जान थालेको हो ।
पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
गोरखाका ११ वटा स्थानीय तहमध्ये दुई वटा पालिका चुमनुब्री र अजिरकोट गाउँपालिका बाहेक अन्य नौ वटा पालिकामा कडा खालको कुपोषणका लक्षण देखिएको छ ।
राजापुर नगरपालिका–२, बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगन्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो ।
मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१, बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ ।
जाजरकोट जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जसमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।
सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–६, बगदहस्थित सोरमखोलाको पुल छ वर्षदेखि अलपत्र रहँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । बगदहदेखि सीमावर्ती गाउँ
प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामनासमेत गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बती भूमि लिजीमा भन्सारमा दुई देशका अधिकारीबिच सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान तथा सीमा सुरक्षाका बारेमा छलफल भएको छ ।
रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्य सम्पन्न भए लगत्तै कोलेनिका रौतहटले सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह समेत सुरु गरेको छ ।
रूपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ ।