ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो ।
नेपालको शैक्षिक परिदृश्यमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा –एसइई ) र कक्षा १२ को नतिजाले नयाँ हलचल ल्याएको छ ।
मुस्ताङको कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा धुम्बा खोलाले बगाएको एक युवा बेपत्ता भएका छन् ।
सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गर्नुभयो ।
तनहुँमा कार्यरत एक कर्मचारी मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको छ । नेपाल टेलिकम दमौली शाखामा कार्यरत सवारी चालक ४० वर्षीय हरी परियार बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ ।
आठौँ विश्व संस्कृत दिवसमा प्राध्यापक डा. ऋषिराम पोखरेललाई सम्मान गरिएको छ । सो कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागद्वारा छिट्टै नै संस्कृत भाषाको अल्पकालीन शिक्षण सुरु गर्ने जानकारी पनि दिइयो ।
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना घाइते भएका छन् । वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको लु १ च ६२५३ नम्वरको जिप वालिङ–१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।
यस पटक साउने (जनै) पूर्णिमा जिल्लाभर धुमधामका साथ मनाउने कार्य भएको छ । धामीझाँक्री नाच्ने र पूजापाठ गरेर जनैपूर्णिमा मनाउने कार्य भएको हो ।
ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबिच प्रतिस्पर्धा हुने भएको छ । क्वाटर फाइनलअन्तर्गत आइतबारको दास्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको हो ।
प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
कर्णालीका युवालाई उद्यममा जोड्ने योजना बनाइएको छ । प्रदेश सरकारले रोजगारीका अवसर सिर्जना गर्ने गरी युवालाई उद्यमशीलतामा जोड्ने योजना अघि सारेको हो । युवा उद्यमशीलता र रोजगारीको विषयलाई नीति तथा कार्यक्रमसहित बजेटमा समावेश गरिएको हो ।
पानी परेपछि मधेश प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफल करिब दोब्बर भएको छ । यसै साता भएको भारी वर्षा र त्यसपछिका नियमित सामान्य वर्षाले धान रोपाइँ बढेको हो । मधेश प्रदेशमा साउन १६ गतेदेखि २३ गते शुक्रबारसम्म सात दिनमै ३३.८१ प्रतिशत विन्दुले बढेर अहिलेसम्ममा कुल खेतीयोग्य जमिनको ७६.५४
आइतबार गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकामा मनाइने सामाजिक तथा साँस्कृतिक पर्व गाईजात्रा भएकाले बर्सेनी सार्वजनिक बिदा दिइने गरेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशका १५१ कृषकलाई कृषि कर्जा अनुदान प्रदान गरेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सरकारले किसानलाई कृषि कर्जा अनुदान प्रदान गरेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ ।