सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका ९७ हिमाल आरोहणमा प्रोत्साहन गर्ने भएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउँदो शुक्रबार (अगस्त १५ मा) अमेरिकाको अलास्का राज्यमा महत्वपूर्ण भेटवार्ता हुने तय भएको बिबिसीले जनाएको छ । यो भेटवार्ताको उद्देश्य सन् २०२२ को फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन युद्ध अन्त्य गर्न मार्गप्रशस्त गर्नु हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको छ।
सर्लाहीको बलरा नगरपालिका –६, मिर्जापुरमा शनिबार साँझ खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । सीमावर्ती क्षेत्रस्थित मिर्जापुरका बिकाउ बैठाकी छोरी १६ वर्षीया रङ्गिला बैठाको पुरानो मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो ।
थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा बालबालिका सेभ हाउस’ नामक संस्थाले कार्य गर्दै आएको छ ।
लाखेजात्राको अवसरमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भव्यरुपमा उद्घाटन गरिएको छ।
लमजुङ, साउन २४ गते। लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ नाइँचे गाउँ नजिकैको भीरबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर तीनजना गम्भीर घाइते भएका छन्।
खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि गरेको पाइएको छ।
साउन शुक्ल पूर्णिमाको अवसरमा खोटाङको भुल्केमा शनिबार भव्य सांस्कृतिक मेला लागेको छ। मेला झरी र वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाँचेका छन्।
स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सही र सत्य समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
बच्चाहरूलाई ललाई फकाइ गरेर कानमा लगाएकोे सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका-१, नैनादेवी टोलका स्थानीय त्रसित भएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले विजयी सुरुवात गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलाली कारागारमा दुई पक्षका कैदीबिच हिंसात्मक झडप हुँदा घाइते भएका कैदीको नाम सार्वजनिक भएको छ।