• २४ साउन २०८२, शनिबार

थाइल्याण्डमा २६ चिनियाँ नागरिक पक्राउ

blog

बैङ्कक, साउन २४ गते । थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा रहेको सुविधासम्पन्न ‘पूल भिल्ला’मा छापा मारेर चीनबाट एक महिला र २५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार केही शङ्कास्पद व्यक्तिको पर्यटक र विद्यार्थी भिसाको म्याद नाघेको थियो ।

प्रहरीले ५३ वटा मोबाइल फोन, चिनियाँ भाषाका कागजात र ८० हजार भाट (दुई हजार ५०० अमेरिकी डलर) नगद बरामद गरेको छ ।

अधिकारीहरूले उक्त समूहलाई अनधिकृत क्रेडिट व्यवसाय सञ्चालन गरेको र राज्यमा गैरकानुनी रूपमा काम गरेको आरोप लगाएका छन्। रासस/एएफपी