गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ।
वषौँदेखि सडक निर्माण गर्न माग गर्दे आई रहेका ईश्वर टोल ,वीरबहादुर टोल र बलबहादुर टोलका स्थानीहरूलाई नगरपालिका र वडाले सडक निर्माण नगरीदिएपछि स्थानीयले सास्ती बेहोर्नु परेको हो
सुनसरीको इटहरी उपमहानगरपालिका–२०काे इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
यो गुल्मीको रुद्रवेणी–वामी सडकमा पर्ने सत्यवती गाउँपालिका–६, डहरले खोला हो। सधैं लेदो झरेर गाडी बगाउने तथा सडक अवरुद्ध भएर नागरिकले सास्ती पाइरहेका छन्।
प्युठान नगरपालिका–७, टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ ।
महाकाली नदीले छुट्याएको दुई देशको सिमानावारि नेपालको दार्चुला र पारितिर भारतको धार्चुला क्षेत्र ।
तनहुँका दलित समुदायले सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका छन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउँदो शुक्रबार (अगस्त १५ गते) अमेरिकाको अलास्का राज्यमा भेटवार्ता हुने तय भएको छ ।
विश्व आदिवासी दिवसको अवसर पारेर कोटेश्वरस्थित ग्रामर कलेजले शनिबार आदिवासी जनजातिको विभिन्न ज्ञानसँग सम्बन्धित जर्नल ‘जिक्याप’ सार्वजनिक गरेको छ ।
कैलाली कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
मधेश प्रदेशको आठ वटा जिल्लामा आर्थिकवर्ष २०८१ को साउनदेखि असार मसान्तसम्म ७ हजार ४ सय ४३ वटा दुर्घटना हुँदा ५ सय ६४ जनाको मृत्यु भएको छ ।
बुढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९, उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई) को अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताउनु भएको छ ।
प्रतिनिधिसभामा दर्ता भएको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि १४ सांसदबाट ६६ संशोधन प्रस्ताव परेका छन् ।