• २४ साउन २०८२, शनिबार

सडक निर्माण नहुँदा जोखिम मोल्दै स्थानीय

blog

राजापुर नगरपालिका ७ शङ्कर पुरमा रहेको सडकमा जोखिमपूर्ण यात्रा गदै स्थानीय ।

ज्योति पन्थी

बबई (बर्दिया), साउन २३ गते । बर्दियाको राजापुर नगरपालिका-७, शङ्करपुरमा सडक निर्माण नहुँदा स्थानीयले बर्षातको समयमा सास्ती बेहोर्नु परेको छ ।

वषौँदेखि सडक निर्माण गर्न माग गर्दे आई रहेका इश्वर टोल ,वीरबहादुर टोल र बलबहादुर टोलका स्थानीहरूलाई नगरपालिका र वडाले सडक निर्माण नगरीदिएपछि स्थानीयले सास्ती बेहोर्नु परेको हो । बर्षातको समयमा मानिसहरू आफ्नै नगरपालिका र राजापुर बजार पुग्न समेत जोखिम पूर्ण यात्रा गर्नु पर्ने अवस्थाको समेत सिर्जना भएको छ । 

बर्सातको समयमा त्यस सडकमा पानीको समेत निकास बन्द हुने गरेको छ । चारैतिर खेत रहेका कारण सडकमानै सवै पानी जम्मा हुने गरेको छ । उत्त सडक भएर सरस्वती बाल प्रावि, र बुद्ध आधारभूत विद्यालयमा अध्ययन गर्न जाने बालबालिकालाई विद्यालय आउन जान समस्या भएको छ । 

त्यसै सडकबाट विद्यार्थीसमेत विद्यालय आउने जाने गरेका छन् । सडकमा आवत जावत गर्न नै समस्या छ पटक पटक सडक निर्माणका लागि माग गरेको भए पनि सडक निर्माण नभएको राजापुर नगरपालिका वडा नं. ७ बस्ने अनिता विकले बताउनुभयो ।

विद्यालयमा अध्ययन गर्न जाने बालबालिकालाई घर फर्कन समेत समस्या हुने गरेको छ । पटक पटक स्थानीयले वडा कार्यालयमा पुगेर सडक निर्माण गर्न माग गरेको भए पनि वडा कार्यालयले सडक निर्माण नगरेको गुनासो वीरबहादुर टोलका स्थानीय तारा विकले गर्नुभयो । 

उता सडक निर्माण नभएपछि स्थानीयले जोखिपुर्ण यात्रा गर्न बाध्य छन् । सडक निर्माण गर्न पटक पटक कोसिस गरेको भए पनि स्थानीयहरूको विवादका कारण सडक निर्माण हुन नसकेको राजापुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष रामु थारूले बताउनुभयो । 

उत्त सडक भएर शङ्कर पुरका स्थानीयहरू भारतीय जङ्गल र दाह संस्कारका लागि नदी समेत जाने गर्नुहुन्छ । अहिले पनि उत्त सडकको प्रयोग गर्ने ५० घर धुरी इश्वर टोल, वीरबहादुर टोल, र बलबहादुर टोलमा बसोवास गर्दे आउनुभएको छ ।