सामुदायिक वन दिवस–२०८२, को अवसर पारेर आइतबार उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम नवलपुरको मध्यविन्दुमा भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिकाले स्थानीय नेवार समुदायलाई बाजा प्रदान गरेको छ । नेवार समुदायमा प्रख्यात लाखे नाच र जाइजात्रा संरक्षण गर्ने उदेश्यले आवश्यक बाजा गाउँपालिकाले सहयोग गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ ।
धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेकाे सङ्ख्या २१ पुगेकाे छ ।
दैलेखमा बालिकालाई कुटपिटसँगै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जुम्लाको चन्दननाथ मन्दिरमा पुरातात्विक मापण्डाको धर्मशाला निर्माण भएको छ । पर्यटन बोर्डको आर्थिक सहयोगमा स्थानीय जुम्लाको ढुंगा प्रयोग गरेर धर्मशाला निर्माण अन्तिम चरणमा भएको हो ।
यहाँको बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ र हिमाली गाउँपालिकाका लगायतका झण्डै एक सय ३५ बस्ती लामो समयदेखि बाढीपहिरोको उच्च जोखिममा छन् ।
धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा.२ च.२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ ।
शनिबार, विजयनगर गाउँपालिका–१, जबाबैराठका थारू समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो ।
पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटे बाघ भेटिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताउनुभएको छ ।
धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो ।
रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ ।