रुपन्देहीको सियारी गाउँपालिकाको छपियाको पुरानो पहिचान छोपिएको छ । पहिले बाँझो पल्टाउँदाको हलोको सियोमा फसल लाग्दा झुलेको धानको बालाले छपक्क हुने छपिया अहिले ती पहिचानबाट टाढिएर नयाँ बेग्लै पहिचानमा चिनिन्छ ।
इराकमा क्लोरिन ग्यास चुहिँदा छ सयभन्दा बढी तीर्थयात्री बिरामी परेका छन् । करबलामा सो घटना भएको हो । क्लोरिन ग्यासले श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।
आगामी आरोहण यामदेखि सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । पर्यटन विभागका अनुसार आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ, जस अनुसार विदेशी नागरिकले सगरमाथा आरोहण गर्न १५ हजार अमेरिकी डलर हिमाली दस्तुर तिर्नुपर्ने छ ।
पूर्व–पश्चिम मध्यपहाडी पुष्पलाल राजमार्ग तथा उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरले आन्तरिक एवं बाह्य बजारसम्म पहुँच सहज बनेको पर्वत जिल्लाको विकास र समृद्धिका लागि पर्वते बुद्धिजीवीले साझा चिन्तन अगाडि बढाएका छन् ।
यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ । सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ ।
दुई पक्षका कैदीबिच भएको हिंसात्मक झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारभित्र आज हातहतियारसहित सुरक्षाकर्मी, कारागार प्रशासन र मानव अधिकार आयोगको टोली प्रवेश गरेको छ ।
लमजुङ, कास्की र मनाङको सिमानामा रहेको प्रसिद्ध तीर्थस्थल दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा नुहाउन लाग्दा लमजुङको क्व्होलासोथार गाउँपालिका –४, भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सन् २०२५ अगस्ट १५ मा अलास्कामा महत्वपूर्ण शिखर सम्मेलनको आयोजना हुन गइरहेको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राख्नुभएको छ।
भीरबाट लडेर मृत अवस्थामा भेटिएका दिदिभाइको शुक्रबार गाउँलेले अन्त्येष्टि गरेका थिए। ‘मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि’ शीर्षकमा गोरखापत्र अनलाइनमा शनिबार समाचार प्रकाशित भएको थियो।
नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ ।
रामचन्द्र मन्दिर जीर्णोद्वारा एवं सम्वर्धन समितिलाई दुई लाख रुपियाँ राशिको डा. बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार–२०८२ प्रदान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभएको छ ।
दाहाल यज्ञनिधि सुधा सदनका संरक्षक कृष्णकुमारी दाहालको निधन भएका कारण यस वर्षको पुरस्कार स्थगन गरिएको संस्थाका अध्यक्ष सुधा दाहालले जानकारी दिनुभयो।
नवलपुरको गैँडाकोडमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।