फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ ।
नेपाल बार एसोसिएसनले ५० प्रतिशत न्यायाधीश नियुक्ति कानुन व्यवसायी पृष्ठभूमिबाट गरिनुपर्ने र न्याय परिषद् नियमावली, २०७४ मा भएको संशोधन खारेजी नभएसम्म न्यायाधीश नियुक्ति नगर्न माग गर्दैआएको छ । यद्यपि बारको मागका बाबजुद न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिस गरिरहेको छ । न्यायाधीश नियुक्तिमा बारलगायत व्यावसायिक क्षेत्रबाट सम्मानपूर्ण सहभागिताका लागि यसअघिदेखि नै विभिन्न समयमा दबाब
हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु ! यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ड्यामड्यामु को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।
सन्देश श्रेष्ठ लाखे नाचे । रियान र आदित्य सुनार छडी बने । लाखे खिज्याउने संगम श्रेष्ठ चुम्पाके थिए । आशिष सुनारले झ्याली, अर्जुन कंडेलले सनाई तथा कपिल र दिपेन श्रेष्ठले ढोलक बजाएपछि रुरुक्षेत्र गाउँपालिका ४ र ५ को जनबोध मावि लाखेमय बन्यो ।
डा. विकास देसारको तेस्रो पुस्तक ‘जीवनको यात्रा : गन्तव्य’ को लोकार्पण गरिएको छ । गोदावरी नगरपालिकाको वज्रवाराही हलमा आयोजित एक समारोहबिच समालोचक एवं चलचित्र निर्देशक प्रकाश सायमिले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने सङ्घर्ष रहेको छ ।
गाईजात्रामा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गीत ‘के हो के हो’ सार्वजनिक गर्नुभएको छ । तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई व्यङ्ग्यका रूपमा प्रयोग गरेर यो गीत ल्याउनुभएको हो । गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ । भिडियोमा अभिनय र निर्देशनसमेत उहाँ आफैँले गर्नुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपलिका नागरिकको स्वास्थ्यप्रति निकै संवेदनशील बन्दै गएको छ । यहाँका सबै नागरिकहरुको स्वास्थ्यप्रति रेसुङ्गा नगपालिका संवेदनशील बनेको पाइएको हो । रेसुङ्गा नगरपालिकाले सधैँ नागरिकको पक्षमा काम गर्दै आएको छ ।
कृषि उत्पादन घट्दो क्रममा रहँदा जुम्लाबाट कृषि उपज जिल्लाबाहिर निर्यात हुने क्रममा सुधार भएको छ । जुम्लाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड रुपियाँभन्दा बढीको २३ हजार टन कृषि उपज निर्यात भएको छ । निर्यात हुनेमा सबैभन्दा बढी स्याउ छ । स्या
सोमबार देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
धानको बाली हरियो हुने समयसम्म पनि युरिया मल नपाएका कृषक कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ वा सहकारी होइन जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन् । गुलरिया–७ का कृषकले सहकारीबाट समेत मल नपाएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरूका अनुसार, नगरक्षेत्रका कृषकलाई माग अनुसार मल आपूर्ति नहुँदा धान उत्पादन घट्ने जोखिम बढेको छ ।
विदेशी सवारीसाधनको आधिपत्य रहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्वदेशमै उत्पादित विद्युतीय रिक्सा (ई रिक्सा) मा अवलोकनकर्ताको चासो धेरै देखिएको छ । एक्स्पोमा मेगाटेक समूहले स्वदेशमै बनाएका यी विद्युतीय तीनपाङ्ग्रे रिक्सालाई स्कुल भ्यान, तरकारी र फलफूल बिक्री, कुखुरा र मासु ढुवानी, फोहोर सङ्कलन र पानी बोक्ने ट्याङ्करका रूपमा प्रस्तुत गरिएको छ ।
एक साताअघिदेखि आन्दोलनमा रहेका चिया श्रमिकको आन्दोलन अझै टुङ्गिएको छैन ।
नेपाल राष्ट्र बैङ्कलेस सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ ।
रुपन्देहीको सियारी गाउँपालिकाको छपियाको पुरानो पहिचान छोपिएको छ । पहिले बाँझो पल्टाउँदाको हलोको सियोमा फसल लाग्दा झुलेको धानको बालाले छपक्क हुने छपिया अहिले ती पहिचानबाट टाढिएर नयाँ बेग्लै पहिचानमा चिनिन्छ ।