कर्णाली कोरिडोर अन्तर्गत पर्ने सिमकोट–खार्पु सडक विगत सत्र दिनदेखि अवरुद्ध हुँदै आएको छ । सो खण्डमा पर्ने मैनागाडा सडक पहिरोले पुरिएपछि यातायात सेवा अवरुद्ध हुँदै आएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमा सेवा सुरुआत गर्ने भएको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो ।
कर्णाली प्रदेश सरकारले हरेक वर्ष राजस्व सङ्कलनका लागि वार्षिक लक्ष्य निर्धारण गर्छ तर आन्तरिक आम्दानीको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्कलनमा प्रदेश सरकार प्रत्येक वर्ष नै असफल हुने गरेको छ ।
पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् ।
खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छभने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ ।
नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसम प्रतिकूलताका कारण दुई हप्तादेखि उडान अवरुद्ध भएको छ । साउन १० गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण पछिल्लो दुई हप्तादेखि रेसुङ्गा विमानस्थलबाट उडान नभएको विमानस्थलका प्रमुख प्रशान्त गौतमले जानकारी दिनुभयो ।
थारु समुदायका महिलाले विशेष पर्वको रुपमा मनाउँदैआएको अस्टिम्की पर्व आउन पाँच दिन भए पनि थारु गाउँमा अहिलेदेखि अस्टिम्कीको रौनक बढ्दैगएको छ । हरेक बर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउँदै आएको अस्टिम्की यस बर्ष साउन ३१ गते परेको छ।
लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो ।
ताप्लेजुङमा साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको छ । बर्सेनि नयाँ उद्योगहरु थपिने क्रमसँगै हाल साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको हो ।