पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-८, भुलभुलेमा सञ्चालित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजनाले तीन अर्ब युनिटभन्दा बढी विद्युत उत्पादन गरेको छ ।
लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
गण्डकी प्रदेश सरकारले सात निर्देशनालय र दुई केन्द्र गरी ९ कार्यालय खारेज गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ३२ निकाय गाभेर १७ वटामा झारेको हो ।
पुलहाश्रम पौराणिक स्थल हो । यो स्थानलाई पुलस्त्य र पुलह ऋषिको तपोभूमि मानिन्छ ।
बिर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अग्र्र्यानिक’ उत्पादन हुन् ।
भीडभाडका कारण बसाइ, स्वास्थ्य तथा सरसफाइमा समस्या कारागार कार्यालयका प्रमुख धारा भण्डारीले बताउनुभयो ।
मुगुको प्रहरी चौकी भवन अलपत्र अवस्थामा छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै रहेको हो ।
दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।
ऐतिहासिक गाथा र धार्मिक आस्था एकै ठाउँमा रहेको बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित ऐतिहासिक, धार्मिक र पुरातात्तिवक महत्वको श्री सहस्रलिङ्ग धाममा साउन २६ गते सोमबार दिव्य मेला लागेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधिमा ८० हेक्टर अर्थात् एक हजार छ सय रोपनी नयाँ जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
राजविराज, सखडा, गोविन्दपुर सडक अविलम्ब निर्माणको माग गर्दै पूर्व सिँचाइ मन्त्री उमेश यादवको अगुवाइमा सोमबार पैदल यात्रा गरिएको छ ।
कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका ४ पुरैनाताल सामुदायिक वन क्षेत्र नजिकबाट लागुऔषध सेवन गरीरहेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरा बस्ने २७ वर्षीय शंकर जैसी र बर्दियाको गेरुवा गाउँपाािका १ थापापुर बस्ने २४ वर्षीय किरण रावल पक्राउ परेका हुन् ।
बाँके जिल्लामा हालसम्म ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
लगातारको वर्षाका कारण पहिरो खसेपछि कालिगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कोरिडोरको म्याग्दी खण्डमा पर्ने विभिन्न स्थानहरुमा पहिरो खसेपछि यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।