सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहँुदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भेरि नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गए राति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।
सुनसरीमा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच(बलुवा चौक)मा सडक दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको गुजरा नगरपालिकामा रहेको एनआइसी एसिया बैंक सिमरा भवानीपुर शाखाले सामाजिक सुरक्षा र बाल पोषण भत्ता रकम वितरणमा ढिलाइ गर्दा स्थानीय लाभाग्राहि आक्रोशित बनेका छन् ।
पछिल्लो समयमा गाउँ विकसित हुँदै गए पनि गाउँबाट सहरतर्फ बसाइसराइ गर्ने क्रम भने रोकिन सकेको छैन । पहिले गाउँमा शिक्षा, स्वास्थ्य र सडकको उचित प्रबन्ध नभएको भन्दै बसाइँसराइ गर्ने प्रवृत्ति थियो भने अचेल गाउँमा विकास पुग्दै गए पनि गाउँघर छाड्ने सङ्ख्या रोकिएको छैन ।
डोटी जिल्लाका विभिन्न सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन् । स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभरिका ३९६ वटा वटा स्थानीय तहमा आधारभूत अस्पताल भवनको एकैसाथ शिलान्यास भएको थियो । सोही क्रममा डोटीका सात भवनको पनि शिलान्यास भएको थियो ।
ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास–५ स्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ । खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेको छ । अर्कोतिर
कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
महाबुधाम दैलेखको महाबु गाउँपालिका, नौमुले गाउँपालिका र कालीकोटको महाबै गाउँपालिकाको सिमानामा पर्ने प्रसिद्ध तीर्थस्थल हो । यो धाम पछिल्लो समय धार्मिक आस्था र पर्यटनको गन्तव्य बन्दै गएको छ । भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि महाबुधामप्रतिको आकर्षण बढ्दै गएको हो ।
दक्षिण एसियाली मुलुकहरुमा बढ्दो आतङ्कवादी गतिविधि नियन्त्रणका लागि क्षेत्रीय राष्ट्रहरुबिच सहकार्य आवश्यक रहेको चर्चा भएको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्ड विस्तारमा पूूर्वनिर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन । सबैभन्दा बढी भौतिक प्रगति भएको प्याकेज नम्बर २ को निर्माण पूूर्वनिर्धारित लक्ष्य अनुसार हालसम्म ३५.७८ प्रतिशत हुनुपर्ने थियो तर प्याकेज दुईको झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडकको काम २६.१० प्रतिशत मा
बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा लगाएको अनार पाक्ने समयमा झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरुमा अनार राम्रोसँग फल्ने र पछि पाक्नेबेला झर्न थालेपछि किसान चिन्तित बन्दै गएका हुन् ।
नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमासम्म लाग्ने पवित्र गोसाइँकुण्ड धार्मिक मेलामा यस वर्ष करिब १० हजार भक्तजनले स्नान गरी पूजा आराधना गरेका छन् । भक्तजनले आस्थापूर्वक कुण्डमा
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरीको गोलीबाट मारिएका लालु यादवको घरमा पुगेर घटनाबारे जानकारी लिनुभएको छ ।
रुकुमपश्चिमका स्थानीय तहमा प्रचलित कानुनबमोजिम रित नपु¥याई कारोबार गरेको आर्थिक रकमको कारण हरेक वर्ष बेरुजु बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार यहाँका छ वटा स्थानीय तहको अद्यावधिक बेरुजु रकम एक अर्ब २५ करोडभन्दा बढी पुगेको छ ।