‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जित्नुभएको छ । शुक्रबार अबेर सम्पन्न फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई हराउँदै क्षितीज च्याम्पियन बन्नुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको बदमासीले अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ। विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्राचौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन पाँच वर्षदेखि अलपत्र छ।
ताप्लेजुङका विद्यालयमा स्थायी नियुक्तिका लागि एक सय चार जना शिक्षक सिफारिस भएका छन्। शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन्।
गत फागुन १५ गते मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मक्कुराम थारूको निधन भएको छ ।
श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।
हुम्ला जिल्ला अदानचुली गाउँपालिका– १ स्थित राक्सेकाँधमा बन्दै गरेको राष्ट्रिय प्रशारणलाइन (विद्युत) को सबस्टेसन र आसपासको दृस्य ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले शिक्षकलाई पेसागत मर्यादामा रहेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगीमा एक साता यता चितुवा आतङ्कका कारण स्थानीयको आतङ्कित भएका छन्। चितुवाले गाईवस्तु तथा बाख्रा मार्न थालेपछि स्थानीय आतंकित भएका हुन्।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो ।
पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम हुनुभएको छ। प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार राशि नगदसहित प्रतियोगितामा पहिलो स्थानको पुरस्कार पाउनुभएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपलिका–१० अर्खौलेस्थित ८१ वर्षीया वृद्धा जयथकु श्रेष्ठले आफ्नो घर जग्गा विद्यालयलाई दान गर्नुभएको छ ।