कर्णाली प्रदेश सरकारले हरेक वर्ष राजस्व सङ्कलनका लागि वार्षिक लक्ष्य निर्धारण गर्छ तर आन्तरिक आम्दानीको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्कलनमा प्रदेश सरकार प्रत्येक वर्ष नै असफल हुने गरेको छ ।
पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् ।
खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छभने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ ।
नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसम प्रतिकूलताका कारण दुई हप्तादेखि उडान अवरुद्ध भएको छ । साउन १० गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण पछिल्लो दुई हप्तादेखि रेसुङ्गा विमानस्थलबाट उडान नभएको विमानस्थलका प्रमुख प्रशान्त गौतमले जानकारी दिनुभयो ।
थारु समुदायका महिलाले विशेष पर्वको रुपमा मनाउँदैआएको अस्टिम्की पर्व आउन पाँच दिन भए पनि थारु गाउँमा अहिलेदेखि अस्टिम्कीको रौनक बढ्दैगएको छ । हरेक बर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउँदै आएको अस्टिम्की यस बर्ष साउन ३१ गते परेको छ।
लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो ।
ताप्लेजुङमा साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको छ । बर्सेनि नयाँ उद्योगहरु थपिने क्रमसँगै हाल साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको हो ।
नेपाली खेल जगत्ले बिस्तारै व्यावसायिक गतिको सङ्केत दिन थालेको छ । यसको सुरुवात क्रिकेटबाटै भएको छ । विभिन्न देशमा लोकप्रिय बनिरहेको फ्रेन्चाइ क्रिकेटको अनुसरण गर्दै नेपालमा पनि अगाडि बढ्न थाल्यो । नेपाल प्रिमियर लिग (एनपिएल) ले धेरै आशा जगाएको छ । फ्रेन्चाइ लिगका विशेषता भन्नु नै फ्रेन्चाइ (टिम मालिक) को मोडल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी बोल कबोलद्वारा टिम तयार पार्नु हो । ठुलो धनराशिमा टेलिभिजन प्रसा
सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोमबार बिहान बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल मणिग्राममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ ।