गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा कोइका नेपाल तथा एचआरढी कोरियाको समन्वयमा सञ्चालित के–फुड उद्यमशिलता तालिम कार्यक्रम काठमाडौँमा सम्पन भएको छ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउन्डेसनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
लहान नगरपालिका-२४ का ८८ वर्षीय ज्येष्ठ नागरिक फनिलाल यादवको हत्यामा संलग्न हत्यारालाई पक्राउ गर्न नेकपा एमाले सिराहाले माग गरेका छन् ।
गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको राष्ट्रसङ्घीय राजनीतिक र शान्ति निर्माण मामिला विभाग युरोपका लागि सहायक महासचिव मिरोस्लाभ जेनोचाले बताउनुभएको छ ।
युक्रेन बिना गरिने कुनै पनि सम्झौताले युक्रेनलाई अस्वीकार्य सम्झौता गर्न बाध्य पार्न सक्ने डरले युरोपेली सङ्घका विदेशमन्त्रीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिच हुने वार्ताअघि आगामी कदमबारे छलफल गर्न सोमबार आपतकालीन वार्ता गर्ने भएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो ।
दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाय मिनाह गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।
गाजा सहरमा अवस्थित आफ्नो शिविरमा भएको इजरायली आक्रमणमा अलजजिराका एक प्रमुख रिपोर्टर, तीन क्यामेरामेनसहित दुई संवाददाताको मृत्यु भएको अल जजिराले जनाएको छ ।
बहुप्रतिक्षित १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङभित्र र बाहिर जताततै पानी चुहिदा बस्ती जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई सही दिशातर्फ डोर्याउने दायित्य युवाको काँधमा आएको बताउनुभएको छ ।
उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबिचको आगामी संयुक्त सैन्य अभ्यासबाट कुनै उत्तेजनाको स्थिति भएमा ‘दृढ जवाफी कारबाही’का साथ प्रतिक्रिया दिने यसको रक्षामन्त्रीले सोमबार राज्य मिडिया प्रेषणमा बताएका छन् ।
भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगन्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।