निजामती सेवा स्थायी सरकार हो । यो सेवा प्रत्येक नागरिकसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । निजामती कर्मचारीले सरकारी कोषबाट तलब भत्ता पाउँछन् । उनीहरूमा विशिष्ट ज्ञान र सिप हुन्छ । खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका गैरराजनीतिक कर्मचारीको व्यावसायिक सेवा हो, निजामती सेवा । सरकारको अभिन्न गैरसैनिक चरित्रको स्थायी तथा अविछिन्न संस्थाका रूपमा रहेको यो सेवा योग्यता, अनुशासन र आचर
इस्मा गाउँपालिका–५ इस्मा रजस्थल सञ्चालित जिबराज आश्रीत बहुप्राविधिक शिक्षालयमा जियोमेटिक्स इन्जिनियरिङ्ग पढाइ हुने भएकाले सुदूरका विद्यार्थीले भरिएको छ ।
प्राकृतिक न्याय र प्राकृतिक कानुनको विधिशास्त्रमा विशेष महत्व छ । प्रकृतिको कानुन त्यस्तो कानुन हो जुन सबैका लागि समान रूपमा लागु हुन्छ । प्रकृतिको कानुन पूर्ण र स्थिर हुन्छ भने मानव निर्मित कानुन सधैँ अस्थिर हुन्छ । यसमा स्थायी रूपमा रहन सक्ने कुनै कुरा हुँदैन ।
नेपाल कृषिप्रधान देश हो । प्रधानको शाब्दिक अर्थ मुख्य हुन्छ । यस्तो प्रमुख क्षेत्रमा राज्यले वैज्ञानिक योजना बनाउन सकेको छैन । जसरी न्युजिल्यान्ड, इजरायल, भारत, चीनलगायतका देशले कृषि उत्पादन र उत्पादकत्वको विकास गरेका
देशको कूटनीतिक, बौद्धिक, शैक्षिक, प्रशासनिक र साहित्यिक क्षेत्रमा अत्यधिक मानिसले चिनेको अन्तर्राष्ट्रियस्तरमा समेत सम्मानित नाम हो, सरदार यदुनाथ खनाल, जसको नाम मात्रै उच्चारण गर्दा पनि प्राज्ञिक र कूटनीतिक समुदाय हर्षित र कम्पित भएको अनुभव गर्छ ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक मङ्गलबारदेखि रातको समयमा बन्द हुने भएको छ ।
नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचारप्रसार गरी राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने; पर्यटन संस्कृतिको विकास गर्न आवश्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ सूचीमा पर्न सफल हुनुभएको छ ।
कार्टुन चित्र लेखन तथा विकासमा योगदान दिने पाँच कार्टुनिस्टलाई सोमबार राजधानीमा ‘बराथा स्मृति सम्मान’ प्रदान गरिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गर्नुभएको छ ।
सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि आवेदन खुलेको पहिलो दिन सोमबार २८ हजार ८८८ जनाको आवेदन परेको छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि आवेदन माग गरेको पहिलो दिनमा नै यो सङ्ख्यामा आवेदन आएको हो ।
मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा ३७ जातका वर्णशङ्कर धान रोपिएको छ ।