प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ ।
अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेर जुत्ता चप्पल बजारमा पठाउने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।
सप्तरीको चन्द्र नहर किनारमा अतिक्रमण हुँदा नहर कमाण्ड एरिया किसान मर्कामा परेका छन् । मधेश प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै सप्तरीका किसानले नहरमा पानीको बहाव रोकेर किनारा आफूखुसी पानी लगेपछि समस्या देखिएको हो ।
हिमाली जडीबुटी वन लसुनसहित दार्चुलाको प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिने गरी विधेयकको मस्याैदा बनाएको छ ।
नेपाली कविता फाँटको लघु कविता र मुक्तक लेखनमा मानुषी उपस्थिति २०३० सालपूर्व शून्यको अवस्थामा देखिन्छ । त्यति बेला महिला स्रष्टाको उपस्थिति छैन भन्दा पनि हुन्छ । तिसको दशकमा पोखरेली उषा शेरचन ल
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिणखोलामा दुई किलोमिटर लामो तटबन्ध निर्माण सम्पन्न भएको छ । सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, रयालेका हरिप्रसाद सापकोटाको आइतबार ९१ वर्षको उमेरमा निधन भयो । पाँच छोरी रहेका सापकोटाको निधनपछि केही छोरीले दागबत्ती दिन र किरि
लहान नगरपालिकामा २४ वटा वडाहरुमध्ये २० वटा वडा कार्यालय आफ्नै भवननबाट सञ्चालन भएको छ । बाँकी चार वटा वडा कार्यालय भवन निर्माण कार्य यसै आर्थिक वर्षमा अघि बढाइने लहान नगरपालिकाले जनाएको छ ।
धादिङबेँसी–साङकोष–तिप्लिङ सडकको स्तरोन्नति सुस्तगतिमा अघि बढेकाले समयमा पूरा नहुने देखिएको छ । उत्तरी धादिङको सामाजिक, आर्थिक तथा भौगोलिक विकाससँग प्रत्यक्ष सरोकार राख्ने सडकको स्तरोन्नति भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिनुभएको हो ।
स्याङ्जाको सिद्धार्थ राजमार्ग बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने ठाउँमा कहिले सुन्तलाको पहेँलोपनले त कहिले मौसमी फलको सुगन्धले सजिन्छ । सुन्तलाको मौसम सकिएसँगै अहिले गाउँमा उत्पादन भएको कटहर राजमार्गमा जताततै बिक्रीका लागि राखेको देखिन्छ । पुतलीबजार नपा–४, नाउडाँडा क्षेत्रमा यात्रा गर्ने जोकोहीको नजर सडकछेउमा थुपारिएका ठुलठुला काँडेदार फलमा प
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण युवा दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
बाँके जिल्लामा सरकारी र निजी गरेर ठुलठुला अस्पताल रहेकाले रगतको माग दिनदिनै बढ्दै गएको छ । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा गम्भीर अवस्थाका बिरामी उपचारका लागि बाँकेका अस्पतालमा आउने गरेकाले रगतको माग अत्यधिक रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।