रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी हुनुभएको छ । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा. उपमा शर्माले आइतबारदेखि प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा सुरु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो।
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानका लागि आइतबार तय भएको नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथिभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।
गोरखा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार ४ सय ७७ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लगाएको आरोपप्रति युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ ।
हेटौँडा–काठमाडौँ सडकखण्डको भीमफेदीका किसानले गाँजर बिक्री गरेर मासिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका –६ जुरिखेतका किसानले गाजर बिक्री गरेर आम्दानी गर्नुभएको हो ।
सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।
नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणको उपाधि नेपालका अर्जुन कुलुङ राईले जित्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरूको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्धन गर्नु रहेको बताउनुभएको छ।
स्पिनर चम्किएसँगै प्रधानमन्त्री कप एकदीवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदशेमाथि ४८ रनको सानदार जित हासिल गरेको छ ।
प्राध्यापक डा. युवराज सङ्ग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गर्नुभएको छ। आइतबार काठमाडौँ स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा शनिबार ग्रानभिल पार्कमा आयोजना गरेको होली कार्यक्रममा नेपालीहरुले रङ्गको पर्व मनाउँदै शुभकामना आदान प्रदान गरे ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै प्रहरीले अण्डा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको हो।