• ९ भदौ २०८२, सोमबार

अन्तर्राष्ट्रिय युवा दिवसमा मुख्यमन्त्री सिंहको शुभकामना

blog

मुख्यमन्त्री सतिशकुमार सिंह

विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन २७ गते ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण युवा दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले युवाशक्तिलाई राष्ट्रको अमूल्य सम्पत्ति, परिवर्तनको अग्रदूत र उज्ज्वल भविष्यका आधारस्तम्भका रूपमा उल्लेख गर्दै, समावेशी, समृद्ध र न्यायपूर्ण समाज निर्माणमा युवाको भूमिका निर्णायक हुने बताउनुभएको हो ।

“हाम्रो प्रदेश र देशको समृद्धिका लागि शिक्षा, सीप, रोजगारी, स्वावलम्बन र नेतृत्व क्षमताको विकासमा युवाको सक्रिय सहभागिता अत्यावश्यक छ,” मुख्यमन्त्री सिंहले भन्नुभएको छ ।

प्रदेश सरकार युवा–मैत्री नीति, उद्यमशीलता प्रवर्धन, सीपमूलक तालिम, रोजगारीका अवसर र नवप्रवर्तनमूलक योजनाहरुमार्फत युवाको क्षमता उजागर गर्न निरन्तर प्रतिबद्ध रहेको उहाँले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री सिंहले यस दिवसले सबै युवामा देशप्रेम, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचसहित विकास र परिवर्तनको यात्रामा अघि बढ्ने प्रेरणा जगाओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभएको छ ।