सबडिभिजन वन कार्यालय गोदार धनुषाले वनक्षेत्रको १६ हेक्टर जमिन अतिक्रमणमुक्त गरेर वृक्षरोपण गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वनक्षेत्रको अतिक्रमित जमिन खाली गराएर वृक्षरोपण गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका उजुरी बढ्दै गएका छन् । स्थानीय तह, सरकारी कार्यालयलगायतका अन्य सङ्घ संस्थामा हुने भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विषयमा बर्सेनि उजुरी बढ्दै गएका छन् ।
देशका विभिन्न जिल्लाका कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीको चाप, जीर्ण भौतिक संरचना र आवश्यक पूर्वाधार अभावका कारण सञ्चालनमा गम्भीर चुनौती देखिएको छ । गुल्मी र बर्दिया जिल्लास्थित कारागारको अवस्था दयनीय छ ।
कोशी प्रदेशका पाँच जिल्लामा बढ्दै गएको हात्ती–मानवबिचको द्वन्द्वका कारण स्थानीयवासीमा देखिएको हात्तीविरोधी भावना न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले बिमा कार्यव्रmम अगाडि बढाएको छ ।
पछिल्लो समयमा अष्टिम्की पर्वको मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने थारू अगुवाहरु जोड दिएका छन् ।
अवधि नपुग्दै यहाँका धेरै शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा १२४ जना शिक्षकले राजीनामा दिएका हुन् ।
बहुप्रतीक्षित १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङभित्र र बाहिरसमेत पानी चुहिएपछि बस्ती जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।
कालोपत्रे गरिएको एक महिना नपुग्दै बर्दियाको बारबर्दिया नगरपालिका अन्तर्गतको सडक भत्किन थालेको छ । सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदारको लापर्बाहीले करोडौँको लगानीमा कालोपत्रे गरिएको सडक सजिलैसँग भत्किन थालेको छ । सडक पूर्वाधार विकास कार्यालय बर्दियाले बारबर्दिया नगरपालिका–२, कुमरागाउँदेखि ढुग्रहीसम्मको सडक कालोपत्रे गरेको थियो । निर्माण गरिएको एक महिना नपुग्दै भत्किन थालेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
यहाँका सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । आर्थिक वर्ष सकिएपछि जिल्ला छाडेर अधिकांश कार्यालय प्रमुख बाहिरिँदा सेवाग्राहीले सास्ती पाएका हुन् । प्रदेश तथा सङ्घीय सरकारमातहतका कार्यालय प्रमुख आर्थिक वर्षको असार मसान्तमा दिनरात काम गरेका जिल्ला छोडेर बाहिरिएको लामो समय बित्दा कार्यालय सुनसान बनेका छन् ।
जनमत पार्टीले सङ्गठनभित्र अनुशासन, पारदर्शिता र आदर्शलाई मजबुत बनाउने उद्देश्यसहित ’आन्तरिक शुद्धिकरण अभियान’ सुरु गरेको छ ।
जिल्लाको सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वडको घर २०७९ सालको बाढीपहिरोले भत्काएपछि परिवार बिचल्लीमा परेको थियो । हप्तादिनसम्मको वर्षापछिको पहिरोले पूरै घर भत्किएपछि छिमेकीको घरमा उहाँले आश्रय लिनुभयो ।
गत आर्थिक वर्ष २०८१/८२ मा कर्णालीमा चार लाख क्युफिट काठ उत्पादन भएको छ । विभिन्न वन समूह तथा राष्ट्रिय वन आयोजनाका कारण कर्णालीमा चार लाख क्युफिट काठ उत्पादन भएको हो । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा उत्पादन भएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा ‘घर घरमा पिउने पानी’ अभियान तीव्र पारिएको छ । विगतमा खोल्साखोल्सी र गाउँभन्दा टाढाको मूलको पानीका भरमा गुजारा चलाउँदै आएका स्थानीय बासिन्दाले अहिले केही हदसम्म घरमै धाराबाट पानी खाने अवस्था बनेको छ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।