पाँचथर जिल्ला अदालतले पाँचथरको फिदिममा असार २८ गते एकजना युवती माथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँच युवकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो ।
क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको छ । कारागारभित्र कैदीबिच हिंसात्मक झडपपछि आइतबार राति मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागारलाई तत्काल प्रदेश सरकारले सुधार गर्ने निर्णय गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो ।
नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङले पर्यटकहरुको सुविधाका लागि पदमार्गसँगै काठेपुल र विश्रामस्थल निर्माण गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो ।
बाजुराका अधिकांश ठाउँका स्थानीय बर्खाका रात चिन्तामै काट्न बाध्य हुँदै आएका छन् । बर्खाको समय थोरै पानी परे पनि गाउँबस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले उनीहरू बर्खाका रात चिन्तामै काट्न बाध्य भएका हुन् । ख
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो ।
यहाँ रहेको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ ।
बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ ।
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।
देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।
मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ ।
फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्ने भएको छ ।