प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरीको राजविराजवासी विगत दशकौंदेखि ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट वञ्चित भएका पीडितहरूले चौथो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनु भएको छ ।
“समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मकवानपुर शाखाले स्थापना दिवस मनाएको छ ।
वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन् ।
थारू समुदायको कला, संस्कृतिको संरक्षण तथा व्यावसायीकरणका लागि सङ्घीय र लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ ।
स्याङ्जामा चितुवाको आक्रमणबाट एक युवक घाइते भएका छन् । वालिङ नगरपालिका–११ गाजने खोल्सा नजिकै स्थानीय प्रदीप अर्याललाई चितुवाले आक्रमण गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाम्रो समाज धेरैजसो नकारात्मकतर्फ बढिरहेको बताउनुभयो ।
गत शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो ।
नाम्खा गाउँपालिका– २ र ४ को सिमाना पर्ने सल्ली खोलामा निर्माण गरिएको ट्रस ब्रिज प्रयोगमा आउन सकेको छैन । उक्त ट्रस ब्रिजको पाँच सय मिटर तल पक्की पुल निर्माण भई सञ्चालनमा आएके कारण सो ब्रिज प्रयोग मै आउन नसकेको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा बस र विंगर एक आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीका टिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।