नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ०५ पैसा र बिक्रीदर १४० रुपियाँ ६५ पैसा कायम भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक–२०८१’ राष्ट्रिय सभामा पेस गर्नुभएको छ । राष्ट्रिय सभाका दुई जना सदस्यले सो विधेयकमा विरोधको सूचना दर्ता गराउनुभएको थियो ।
सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ निष्प्रभावी हुने गरी प्रतिवेदन तयार भएको विषयमा गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा कार्यालयमा पठाइने भएको छ । स
निकुञ्ज संरक्षणका क्षेत्रमा सुरक्षाका दृष्टिले सबैभन्दा महत्वपूर्ण जनावर हात्तीको संरक्षण पहिलो सर्त हो । लोपोन्मुख वन्यजन्तुको संरक्षणदेखि यातायातका साधनका रूपमा समेत हात्तीको प्रयोग गरिने भएकाले पहिले यसको संरक्षण गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २६ औं स्थापना दिवस भव्यरुपले मनाएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको उदघाटन गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताउनुभएको छ ।
टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ ।
विशाल बजार कम्पनी लिमिटेडले ५६ वर्ष पार गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार मानव सेवा आश्रममा आश्रितका लागि खाद्यान्न वितरण गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ।
मेची राजमार्गको पाँचथर सडकखण्डको हेवा खोलामा बेलिब्रिज जोडने काम सकिएको छ। मंगलबार बेलिब्रिज जडानको सबै काम सकिएको सडक डिभिजन इलामका प्रमुख इञ्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा, यूनिभर्सल पीस फेडरेशन–नेपाल भन्ने विषयमा काठमाडौंको नक्सालस्थित पीस एम्बेसी भवनमा भव्य कार्यक्रम सम्पन्न गर्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीलाई आग्रह गर्नुभएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले बङ्गलादेशमा ब्यावसायिक लिग खेल्नु हुनेभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले कुनै पनि अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको छ।