काठमाडौंँ, साउन २७ गते । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा, यूनिभर्सल पीस फेडरेशन–नेपाल भन्ने विषयमा काठमाडौंको नक्सालस्थित पीस एम्बेसी भवनमा भव्य कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा प्रमुख व्यक्तित्व, युवा प्रतिनिधि, कलाकार तथा शान्ति अभियन्ताको उल्लेखनीय सहभागिता रह्यो । वक्ताले दिगो विकास लक्ष्य हासिल गर्न युवाको नेतृत्व र सक्रियताको महत्वमा प्रकाश पारे ।
कार्यक्रममा करिब १५० जना युवा सहभागी, कलेजका प्रिन्सिपल, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए । कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई संविधानसभा सदस्य मिलन रजवंशीको स्वागत मन्तव्यपछि भिडियो प्रस्तुति र अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल जालिपाको विशेष सम्बोधन प्रस्तुत भयो।
प्रमुख वक्ता काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख सुनीता डंगोल र सांसद शिशिर खनालले युवाद्वारा सञ्चालित शान्ति, विकास र दिगोपनाका पहलको आवश्यकता र प्रभावबारे सम्बोधन गर्नुभयो ।
दोस्रो चरणमा सांसद तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालबाट कला, संस्कृति, स्वास्थ्य, खेलकुद र सामुदायिक नेतृत्वमा उत्कृष्ट योगदान पु¥याउने संगीतकार तथा निर्देशक दीपक शर्मा, गीतकार बसन्त बित्यासी थापा, गायिका निशा देशार, सह–प्राध्यापक तथा हड्डी–मेरुदण्ड विशेषज्ञ डा. सुभाष चन्द्र झा, नृत्याङ्गना/मोडेल/अभिनेत्री तथा टिभी प्रस्तोता कविता नेपाली, चिकित्सक तथा स्वास्थ्य व्यवस्थापन विशेषज्ञ डा. राम थापा क्षेत्री, संगीतकार/गायक/एरेन्जर संजय खड्गी (सञ्जित), अभिनेता तथा मोडेल सुरज गराच ‘स्राज’, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल ट्रेजरर कुलराज थापा, व्यवसायी कृष्णराज पोखरेल, इन्जिनियर प्रसिद्ध खरेल र फिटनेस ट्रेनर तथा बडीबिल्डर रजनी श्रेष्ठलाई सम्मानित गरिएको थियो ।