सिरहा र धनुषा जिल्लाको सीमानामा रहेको कमला नदी पार गर्न बनाइएको बाँसको पुल बाढीले बगाएपछि डुङ्गाबाट आवागमन सुरु भएको छ ।
प्रदेशको कार्यकारिणी अधिकार १. प्रदेशको कार्यकारिणी अधिकार सम्बन्धमा संविधानले गरेको व्यवस्थाको चर्चा गर्दै नेपालको संविधानबमोजिम प्रदेश मन्त्रीपरिषद्को गठन प्रक्रिया सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् । साथै प्रदेश प्रमुख र मुख्यमन्त्रीबिच रहेको कार्यात्मक सम्बन्धसमेत प्रस्ट पार्नुहोस् ।
बाजुराको पूर्वोत्तर क्षेत्रको कर्णालीपारिमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरिएको छ । सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ निकै उत्पादन हुने गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
सरकारले ढिलै भए पनि व्यवसायजन्य रोगको उपचार हुने कानुनी व्यवस्था गरी रोगको सूची राजपत्रमा प्रकाशित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार रोगको सूची राजपत्रमा प्रकाशित गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार सप्तरीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । अवलोकनपछि उहाँले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ८० लाख रु
बर्दियाको ठाकुरबाबा नगरपालिकाले प्लास्टिकका प्लेट विस्थापित गर्न महिला समूहमार्फत दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । ठाकुरबाबा नगरपालिका–८ मा रहेको भुड्कैया महिला समूहले दुनाटपरी उद्योग सञ्चालन गरेको हो ।
अमुदी फुड्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था कसरी सहज पार्न सकिन्छ भनेर तीन दिनभित्र स्पष्ट खाका पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
महिला उद्यमीलाई उत्प्रेरित गरिरहेको संस्था महिला उद्यमी संघ नेपाल बाँके(विन)ले बुधबार नयाँ नेतृत्व चयन गर्दैछ ।
गुल्मीदरवार गाउँपालिका–१ नेटाका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्रीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरमा माछापालन गर्दै आएको पोखरीमा क्षेत्रीको शव फेला परेको छ ।
फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनाबारे अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।