मध्य पहाडी लोकमार्गको बागलुङ खण्डका विभिन्न स्थान क्षतविक्षत छन्। कतै पहिरो खसेको छ भने कतै कुना साँघुरिएको छ। लामो समयदेखि बागलुङ बजारदेखि बिहुँखण्ड स्तरोन्नति हुन सकेको छैन।
कालीगण्डकी काेरिडोरमा खोलाको बहाव बढेपछि खोला तर्नका लागि स्थानीयले फड्के निर्माण गरेका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ।
देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्ने भएको छ ।
पाल्पामा कुटपिटबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–७, पालुङ्मैनादीका ४० वर्षका रामबहादुर अर्घाली रहेको प्रहरीले जनाएको छ ।
सुरुमा दुई युवकले पाँचथरबाट चोरेर तेह्रथुम पुर्याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले चोरेर मामाघरमा लगेर लुकाएको खुलेको छ । अनुसन्धानक क्रममा प्रहरीले चोरीमा संलग्न धनकुटाका एक युवकसहित तेह्रथुमबाट मोटरसाइकल बरामद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजिटल नेपाल फ्रेमवर्क-२ लागु हुने बताउनुभएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाघुटुमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता र स्थानीय तहको अवधारणा आएपछि देशमा विकास भएको बताउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएकाे छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलवार १ बजेबाट बैठक सुरु भएको हो ।
पर्साको जिराभवानी गाउँपालिका–५, कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्यो । तर, अहिले पनि उहाँलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त गर्न सक्नुभएको छैन ।
मङ्गलवार बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले विविध कार्यक्रमको आयोजना गरी हात्ती दिवस मनाएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–४, चाखुरे पाटनमा चरनका लागि लैजाँदै गरेका भेडाका बथान ।
हात्ती संरक्षण गर्ने उद्देश्यका साथ अगस्त १२ तारिखमा विश्वभर हात्ती दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी हात्ती दिवस मनाइने गरेको छ । पछिल्लो समय खासगरी पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव–हात्ती द्वन्द्व बढ्दो छ ।