• ८ भदौ २०८२, आइतबार

काेरिडोर सडकमा खोला फड्के निर्माण

blog

बडहरे खोलामा स्थानीयले निर्माण गरेको फड्के। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास (गुल्मी), साउन २७ गते। कालीगण्डकी काेरिडोरमा खोलाको बहाव बढेपछि खोला तर्नका लागि  स्थानीयले फड्के निर्माण गरेका छन्। 

वर्षायामाको समयमा खोलामा पानीको बहाव बढेकाले खोला तर्न नसकेपछि स्थानीयको सक्रियतामा फड्के निर्माण गरेका हुन्।  जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सिमाना बड्हरे खोलामा खोला बढेर आवतजावतमा समस्या भएपछि स्थानीय मिलेर फड्के निर्माण गरेको स्थानीय वीरेन्द्र अर्यालले जानकारी दिनुभयो। 

कालीगण्डकी काेरिडोरको रिडी–हर्मिचौर सडकखण्डमा सो फड्के निर्माण भएपछि वर्षायामको समयमा आवतजावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका-१, हर्मिचौर बकेवाका वीरेन्द्र अर्यालले जानकारी दिनुभयो।  खोला बढ्दा पैदल यात्रीलाई बढी जोखिम हुने र खोलाले ज्यानसमेत लिन सक्ने भएकाले स्थानीय मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले बताउनुभयोे। 

सत्यवती गाउँपालिका–२, पाँहादी र  कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनोजस्तै रहेको सत्यवती गाउँपालिका–२ का वडाध्यक्ष खड्गवीर थापाले बताउनुभयो।  

कालीगण्डकी काेरिडोर गैंडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाले उक्त खोलामा पुलको डिजाइन बनाइसकेको छ। पुल डबल लेनको बन्ने कार्यालयले जनाएको छ।