• ३१ वैशाख २०८३, बिहिबार

सभापति देउवाद्वारा सहिद खनालको सालिक अनावरण

blog

नेपाली कांग्रेस तनहुँले मङ्गलबार भिमादमा आयोजना गरेको सहिद कल्याण खनालको २३औँ स्मृतिसभा कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर साेजन्य : कृष्ण न्यौपाने

दमौली (तनहुँ), साउन २७ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गर्नुभएको छ । 

सहिद कल्याण खनालको २३औँ स्मृतिसभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गर्नुभएको हो । 

नेपाली कांग्रेसका तत्कालीन नेता स्व. खनालको विसं २०५९ साउन २७ गते तत्कालीन विद्रोही समूहले हत्या गरेका थिए । स्व. खनालको योगदानको सम्झनाका लागि यहाँ सालिक निर्माण गरिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । रासस