• ७ भदौ २०८२, शनिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

फाइल तस्बिर ।

काठमाडाैं, साउन २७ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएकाे छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलवार १ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व २०८०/०८१ पेश गर्नुहुने कार्यक्रम रहेको छ । 

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले 'राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्व विद्यालय विधेयक, २०८१ लाई दफावार छलफलको लागि समितिमा पठाइयाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।