नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ ।
एक जना नेपालीको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित माल्टाको संसद भवन अगाडि नेपाली समुदायले विरोध प्रदर्शन गरेको छ।
बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको माग्नु भएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले भारतमा हालै सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट र भारतमै गतवर्ष सम्पन्न खोखो विश्वकपमा उपविजेता बनेको नेपालको पुरुष र महिला टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै विजयी भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा भाग लिनुहुने सांसदले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा ग्रास रुट फुटबल कार्यक्रमको सुरुवात गरेको छ ।
‘भाग्यमा श्री छ’ बोलको गीतबाट चर्चामा आएकी गायिका रेखा पोखरेलले ६ महिनामा दर्जनौं गीत रेकर्ड गरेको दाबी गर्नुभएको छ।
राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोसोम–कोरला सडक खण्डको गलेश्वरमा निर्माण गरिएको पक्की मोटरबेल पुल नदी कटानको जोखिममा परेको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ।
सिंहदरबारमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी बारे तीन बुँदे निर्देशन दिनुभएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ विन्दुमा कायम भएको छ। आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको हो।
सशस्त्र प्रहरी बलले भारतीय नम्बर प्लेटको कन्टेनरलाई कैलालीको धनगढीबाट नियन्त्रणमा लिएको छ। राजस्व अपचलनको आशङ्कामा सशस्त्र प्रहरी एउटा कन्टेनर नियन्त्रणमा लिएको हो।
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन्