शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हेटौँडा, साउन २७ गते। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको माग्नु भएको छ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उहाँले विश्वासको मत माग्नु भएको हो।
प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गर्नुभएको छ।
यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।