काठमाडौँ, साउन २७ गते। ‘भाग्यमा श्री छ’ बोलको गीतबाट चर्चामा आएकी गायिका रेखा पोखरेलले ६ महिनामा दर्जनौं गीत रेकर्ड गरेको दाबी गर्नुभएको छ।
गीत सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सङ्घर्षरत गायिका पोखरेलले छोटो समयमा दर्जनौं गीत रेकर्ड गर्नुभएको हो।
पछिल्लो समय उहाँ विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त हुनुहुन्छ। रेखाका भाग्यमा श्री छ, ऐना हेरेर भाटु, हत्केलाले आँखा छेक्छ सूर्य छेक्दैन, लगायत चर्चामा छन्। अहिले ६ वटा तीज गीत रिलिज हुने तयारीमा रहेको उहाँको भनाइ छ।
तीज विशेष अवसरमा उहाँ दाङको भालुवाङ र घोराइको कार्यक्रममा सहभागी हुनुहुने छ।