थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको पहिलो आइतबार अर्थात शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउने प्रचन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारु अगुवाहरुले बताएका छन् ।
उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।
सर्लाहीको चुरेवर्ती क्षेत्रका नागरिक सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न छ घण्टाभन्दा बढी पैदल हिँडेर वडा कार्यालय धाउन बाध्य भएका छन् ।
तराईमा गर्मी महिनामा विषालु सर्पको बिगबिगी हुने गर्दछ । अहिले पानी पर्ने र घाम लाग्ने क्रम बढिरहँदा विषालु सर्प जमिनमुनिबाट बाहिर निस्कने क्रम बढिरहेको छ । पानी धेरै परेका कारण जमिनमुनिको प्वाल पानीले भरिँदा सर्पबाहिर निस्कने क्रम बढेको छ । पानी आउने र घाम लाग्ने क्रम बढिरहँदा विषालु सर्प मानिसको घरभित्रै पस्ने क्रमसमेत बढेपछि सर्प उद्धारकर्तालाई पनि भ्याइनभ्याइ छ ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा प्रत्येक वर्ष साउने मेला लाग्ने गर्दछ । विगतका वर्षमा जस्तै यस वर्ष पनि साउन १ गतेदेखि रेसुङ्गा क्षेत्रमा मेला लागेको छ । उक्त मेलामा छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायतका जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् ।
आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ ।
वर्षायामसँगै डेङ्गुको सङ्क्रमण दिनप्रतिदिन बढ्दो क्रममा छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमण मौलाउने मौसम भएकाले डेङ्गु सङक्रमण अझै बढ्न सक्ने चिकित्सक बताउँछन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
सिन्धुली जिल्लामा स्थानीय तहले धमाधम १५ शय्याको आधारभूत अस्पताल सञ्चालन गर्दै गएका छन् । स्थानीय तहले ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ सरकारको नीति अनुसार स्थानीयस्त
दुर्गम तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनदान नै साबित भएको बताइएको छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रममार्फत गरिने हवाई उद्धार वरदान सरह बनेको छ ।
पछिल्लो केही वर्षयता सुर्खेतमा अटोरिक्साको प्रयोग बढेको छ । यसले यात्रुलाई सुविधा दिएको छ । छोटो दुरीको यात्राका लागि रिक्सा सहज माध्यम बनेको छ । धेरैलाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ तर अटोरिक्साले सुविधासँगै जोखिम पनि बढाएको छ ।
मुगुमा कुल जनसङ्ख्याको १९ प्रतिशत मानिस मात्र स्वास्थ्य बिमामा आबद्ध भएका छन् । २०७८ सालको जनगणना अनुसार मुगुको कुल जनसङ्ख्या ६६ हजार ६५८ रहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको ८७ औं जन्मजयन्तीको अवसरमा बाँकेको सबैभन्दा दुर्गम र पिछिडिएको नरैनापुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
तत्कालीन द्वन्द्वकालमा जिउँदै गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको योगदानलाई बिर्सन नहुने सुझाव दिइएको छ । पत्रकार डेकेन्द्र थापाको २१ औँ स्मृति दिवसका अवसमा नेपाल पत्रकार महासङ्घ दैलेख शाखाद्वारा आयोजित ‘सम्झनामा डेकेन्द्र’ विषयक कार्यक्रममा पत्रकारितासँगै सामाजिक विषयमा वकालत गर्दा मृत्युवरण गर्ने व्यक्तिलाई बिर्सन नहुने सुझाव दिएका हुन् ।