ब्राजिलका अधिकारीहरुले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नाटेश्वरी मन्दिरमा एक क्विन्टल (सय कजी) तौलको महाघण्ट चढाईएको छ ।
गुल्मीमा स्थानीय तहको 'असल अभ्यास' सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ ।
बुधबार बिहानैदेखि आएको अविरल वर्षाका कारण झापा र इलाम जोड्ने बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ। दुई वर्ष अघि आएको बाढीले क्षति पुगेको पुल बुधबार दिउँसो आएको बाढीले बगाएको हो।
कास्कीको पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको युङजिन विश्वविद्यालयबिच प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारी भएको छ।
नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् ।
बङ्गलादेशी भ्रष्टाचारविरोधी अधिकारीहरूले बुधबार अदालतमा पूर्व बेलायती मन्त्री तुलिप सिद्दिक विरुद्ध गवाही दिएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाम आउन लाग्नुभएको छ । जनकपुरधाममा अवस्थित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउन लाग्नुभएको हो ।
युरोपेली नेता तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार अनलाइन वार्ता गर्ने भएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका –५ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा यस वर्ष नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराउनुभएको छ
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनका लागि वाशिङटन जानुअघि आगामी साता टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबासँग भेट गर्नुहुने छ ।
पर्वत जिल्लाका ग्रामीण जनतालाई स्वास्थ्य सेवा दिन स्थापना गरिने भनिएका आधारभूत अस्पतालहरु पाँच वर्ष पुरा हुन लाग्दा समेत एउटै पनि सञ्चालनमा आएका छैनन्।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ।