• ८ भदौ २०८२, आइतबार

युनिसेफद्वारा २०० अफगान किशोरी लक्षित व्यावसायिक तालिम सुरु

blog

हेरात, अफगानिस्तान, साउन २८ गते । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

खामा प्रेसले रिपोर्ट गरे अनुसार छ महिनाको कार्यक्रममा सहभागी १५ देखि २५ वर्ष उमेर समूहका किशोरी छन्, जसले अफगानिस्तानमा औपचारीक शिक्षाबाट वञ्चित युवाको प्रतिनिधित्व गर्दछ । जापानसँगको साझेदारीमा आयोजना गरिएको यस कार्यक्रमले सिलाई तथा गलैँचा बुनाईको प्रशिक्षण प्रदान गर्ने छ । कार्यक्रमको उद्देश्य उनीको जीविकोपार्जन र स्वतन्त्रतालाई समर्थन गरी व्यावहारिक सीपको वृद्दि गर्नु रहेको युनिसेफले जनाएको छ । 

खामा प्रेसले युनिसेफलाई उद्धृत गर्दै भनेको छ, “तालिबानले बिशोरीेको शिक्षामा प्रतिबन्ध लगाएदेखि १० लाखभन्दा बढी छात्रा विद्यालय जान असमर्थ हुँदा गम्भीर शिक्षा सङ्कट सिर्जना गरेको छ ।” हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको उद्देश्य विश्वव्यापी रूपमा युवा अधिकार र अवसरहरूको प्रवद्र्धन गर्नु हो । लाखौँ अफगान युवाहरूले प्रतिबन्धित शिक्षा, उच्च बेरोजगारी र सीमित व्यक्तिगत स्वतन्त्रताको सामना गर्नुपरेको कारण यस वर्षको पर्व मनाइएको कुरा खामा प्रेसले उल्लेख गरेको छ ।

प्रशिक्षण कार्यक्रमले अफगान किशोरीलाई चलिरहेको प्रतिबन्धको बाबजुद रोजगार योग्य सीप प्राप्त गर्ने दुर्लभ अवसर प्रदान गर्ने जनाइएको छ ।  खामा प्रेसले उद्धृत गरेका पर्यवेक्षकले अफगानिस्तानको युवा पुस्ताका लागि आशा र अवसरको संरक्षणका लागि त्यस्ता पहल महत्वपूर्ण भएको बताएका छन् । रासस/एएनआई