पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उहाँका छोरा गौरव थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विरुद्धमा दर्ता गरेको रिट खारेज गरेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराउनु भएको छ।
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । डोल्पामा निर्माणाधीन १०६ मेघावाट क्षमताको अर्ध जलासययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा जेसीई÷एएनके जेभीले पाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–६ डहरे खोलामा फसेको गाडी निकाल्ने प्रयास गर्दै स्थानीय र यात्रु ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटी डेटा सेन्टर निर्माणका लागि नीति, ऐन नियम बन्न आवश्यक भएकाले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक २०८२ विधेयक स्वीकृत हुन बताउनुभएको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ ठुलोढाटरमा ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित कालिगण्डकी नदीमा बुधबार दिउँसो बढेको बाढीको सतह ।
काजकिस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौँ स्पाइकर्सले अनुबन्ध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताउनु भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित एक बङ्गुर फर्म र मासु पसलमा अफ्रिकन स्वाइन फिभर को पुष्टि भएपछि स्थानीय किसान, व्यवसायी र उपभोक्तामाझ त्रास फैलिएको छ ।
अखिल नेपाल टेबल टेनिस सङ्घको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ भदौ १ गतेदेखि हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ।
कपिलबस्तुमा अनुदानको मल गायब गरेको आरोपमा प्रहरीले एक जना सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्ध जारी राख्ने प्रयास गरिरहेकोे आरोप लगाउँदै थप युद्धको ‘षड्यन्त्र’ विफल भएको बताउनुभएको छ ।