वेलिङ्टन, न्यजिल्याण्ड, साउन २८ गते । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्ध जारी राख्ने प्रयास गरिरहेकोे आरोप लगाउँदै थप युद्धको ‘षड्यन्त्र’ विफल भएको बताउनुभएको छ ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भन्नुभयो “गाजामा जे भइरहेको छ त्यो पूर्ण रूपमा भयावह छ, मलाई लाग्छ नेतान्याहु षड्न्त्रकारी योजनाबाट धेरै टाढा पुग्नुभएको छ ।” “नेतान्याहुले अन्तर्राष्ट्रिय समुदायको कुरा नसुन्नु गलत हुनेछ,” उहाँले थप्नुभयो । यसैबिच, इजरायली प्रधानमन्त्री नेतान्याहूले भने गाजा सहरको नियन्त्रण हमासको अन्त्य र ‘युद्ध अन्त्य गर्ने उत्तम तरिका’ भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायताको प्रवेशलाई व्यापक रूपमा प्रतिबन्ध लगाएको भन्दै उक्त क्षेत्रमा व्यापक अनिकालको चेतावनी दिएका छन् । न्युजिल्यान्डले सोमबार प्यालेस्टिनी राज्यलाई मान्यता दिन अस्ट्रेलिया, क्यानडा, फ्रान्स र बेलायतजस्ता देशहरूसँग सामेल हुनसक्ने सङ्केत गरेको छ । रासस/एएफपी