त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ । विमानस्थल सुरक्षा समितिले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेशका लागि यसअघि उपलब्ध गराउँदै आएको भिजिटर पास वितरण बन्द गर्दै विमानस्थल प्रवेशमा कडाइ गरिएको हो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्षले भेट गरी काम गर्दा भोगेका समस्याको समाधान गर्न तथा भूमि विधेयक छिटो पारित गराउन माग गरेका छन् ।
झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने राजनीतिज्ञ तथा राष्ट्रसेवकसहित १३ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेका गगन भनिने रेवतराज पुरीसहितलाई विशेषले सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको सङ्ख्या घटेको छ । यसअघि असार १३ गते प्रकाशित भएको नतिजामा अनुत्तीर्ण भएका परीक्षार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार उक्त नतिजाबाट एक लाख ६७ हजार जना परीक्षामा अनुत्तीर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका थिए ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा पु¥याएको बताउनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा बुधबार मन्त्रालयको २०८१/८२ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडिएसी) बैठकमा मन्त्री गुरुङले पूरा नीति, नियम र ऐन कानुन सुधार गरेर विकासतर्फ सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।
मनसुनको न्यूनचापीय रेखा तराई आसपास अवस्थित रहँदा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको हो ।
कैलाली कारागारभित्र हिंसात्मक झडपमा परी घाइते भएका २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ । सेती प्रादेशिक अस्पतालले उपचार पश्चात उनीहरुलाई डिस्चार्ज गरेको हो ।
मधेशको राजधानी जनकपुरधाममा पहिलो पटक मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसाथ सुविधा सम्पन्न आरोग्य निकेतन अस्पताल सञ्चालनमा आउन लागेको छ ।
रसुवागढीस्थित मितेरी पुल बगाएपछि चीनतर्फ रोकिएका १७३ जना नेपालीलाई बुधबार तातोपानी नाका हुँदै नेपाल फर्काइएको छ ।
दक्षिण कोरियामा वृद्ध व्यक्तिहरूका लागि रोजगारीको अवसर वृद्धि भएसँगै, सात महिनासम्म लगातार रोजगारीको दरमा वृद्धि देखिएको छ ।
पाँचथरको हेवा खोलामा जडान गरिएको बेलिब्रिजको भार परीक्षण गरिएको छ ।
अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गर्नुभएको छ। अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो।
प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ। भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखको सँगालो समेटिएको ‘नेपालको फौजदारी कानुन र फौजदारी न्याय’ नामक पुस्तक विमोचन भएको हो।
बाँके प्रहरीले नेपालगन्जबाट लागूऔषध ब्राउन सुगर र २२ लाखभन्दा बढी रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।