भक्तपुर, साउन २८ गते। प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ। भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखको सँगालो समेटिएको ‘नेपालको फौजदारी कानुन र फौजदारी न्याय’ नामक पुस्तक विमोचन भएको हो।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल, भक्तपुर जिल्लाका न्यायाधीश वासुदेव न्यौपाने, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. विजय मिश्र, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी लगायतको उपस्थिति रहेको थियो।
५३८ पेज भएको उक्त पुस्तकमा नेपालमा अभियुक्तको अधिकार र तिनको संरक्षणदेखि नेपालको संविधान २०७२ मा फौजदारी न्याय सम्बन्धी हक एक अध्ययन, मुलुकी अपराध संहितामा अपराधका सहभागिताहरूदेखि विभिन्न अपराध ठगी चोरी लिखत सम्बन्धी कसुर, तेजाब घातक रसायन प्रहार, करणी जबरजस्ती करणी उद्योग र आशय करणी अपराध र कानुनी व्याख्या लगायतका २१ विषयमा व्याख्या गयरएको छ। सो पुस्तकमा नेपालको फौजदारी कानुन र यसमा भएको कमी कमजोरी साथै सुधार गर्नुपर्ने कुरा पनि समेटिएको छ।