मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ ।
अधिकांश मानिसले सर्प देख्यो कि मार्न खोच्छन् । अझ विषालु सर्प देख्यो कि मारिहाल्छन् । सर्पले टोकेपछि मान्छे मर्छ भन्ने बुझाइले पनि अधिकाश मानिसले सर्प देख्ने वित्तिकै मार्न खोज्नु स्वभाविक पनि होला । तर, दाङमा एक जना यस्तो व्यक्ति छन्, जो सर्प देख्नेवित्तिकै उद्धार गरेर नजिकै जंगलमा या सुरक्षित वासस्थानमा छोडिदिन्छन् ।
बिमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बिमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बिमकलाई हस्तान्तरण गर्ने प्रक्रियालाई बिमा भन्ने गरिन्छ । बिमा निश्चित अवधिका लागि गरिन्छ । उक्त अवधिमा बिमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ । स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने नियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सा
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने सिलसिलामा मुलुक÷समाजका युवा साहसी, उत्पादनशील, सिकाइमा अब्बल र राष्ट्रनिर्माणका प्रमुख स्रोत मानिन्छन् । युवा जनशक्ति देशको राजनीतिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण/परिवर्तनको संयोजक एवं राष्ट्रको अमूल्य सम्पत्ति हो । प्रायः सक्रिय, शिक्षित तथा कर्मठ जनशक्तिको पर्याय युवा समूहले विश्व अर्थव्यवस्थामा बढ्दो दबाब राखेको हुन्छ । युवा कार्यरत मुलुकबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा महìवपूर्ण सघाउ पुगेको छ ।
२१ औँ शताब्दी ज्ञान, प्रविधि र नवप्रवर्तनको युग हो । संसार तीव्र गतिमा बदलिँदै गएको समयमा व्यक्तिको सोच, व्यवहार र सिपमा पनि गहिरो परिवर्तन आवश्यक छ । आजका नेपालका धेरै विद्यालय अझै पनि परम्परागत पठनपाठन प्रणालीमा सीमित छन् । जहाँ विद्यार्थी केवल पाठ्यपुस्तकका ज्ञान सिक्छन्, रटन्ते अभ्यास गर्छन् र परीक्षामा राम्रो अङ्क ल्याउनलाई मात्र तयार हुन्छन् । यस्तो शिक्षाले विद्यार्थीलाई सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, नवप्रवर्तनशीलता र सामाजिक–भावनात्मक
पत्रकारिताको प्रमुख उद्देश्य नै समाजको हित प्रवर्धन गर्नु हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्यद्वार बाहिर एकाविहानै भेटिनुहुन्छ पुजारी कृष्णप्रसाद सुबेदी ।
गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत र प्रवीण भेडवालको स्वर रहेको ‘मौनतामा पुरुष पनि’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो अन्तर्रास्ट्रिय डिजिटल प्लेटफर्ममा नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको हो ।
जोगिन्दर अर्थात् शिवशङ्कर रिजाल जो ‘जोगिन्दर पानवाला’ को नामबाट चिनिनुहुन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा लोककला विभाग र अग्रासन थारू महिला समाजको संयुक्त आयोजनामा ‘अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आदिवासी जनसंज्ञान यस्तै लोकजीवनबाट उठेर आएको हुन सक्ने बताउनुभयो ।
कैलालीको लम्कीचुहा नगरपालिका लम्कीका गणेशप्रसाद ढकालले व्यवसायी सिउँडी (ड्र्यागन) फल खेतीबाट छुट्टै पहिचान बनाउनुभएको छ । सो खेती गर्नुअघि माओवादी नेताका रूपमा परिचित ढकालको नयाँ पहिचान व्यावसायिक खेतीले दिएको हो । ढकालले सिउँडी फलको व्यावसायिक खेती गरेको चार वर्ष मात्र भएको छ । लगाएको दोस्रो वर्षदेखि नै फल दिन थालेपछि नै उहाँमा थप उत्साह जागेको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ । विमानस्थल सुरक्षा समितिले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेशका लागि यसअघि उपलब्ध गराउँदै आएको भिजिटर पास वितरण बन्द गर्दै विमानस्थल प्रवेशमा कडाइ गरिएको हो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्षले भेट गरी काम गर्दा भोगेका समस्याको समाधान गर्न तथा भूमि विधेयक छिटो पारित गराउन माग गरेका छन् ।
झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने राजनीतिज्ञ तथा राष्ट्रसेवकसहित १३ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेका गगन भनिने रेवतराज पुरीसहितलाई विशेषले सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो ।