कैलाली कारागार घटनाको छ दिनपछि प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ । बुधबार गृहमा उहाँको सरुवा भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण व्यास गाउँपालिका–१, टिङ्कर खोलामा बुधबार राति आएको बाढीले काठे पुल र सडक बगाउँदा नेपालको अन्तिम गाउँ टिङ्कर र छाङरु गाउँसँगको सम्पर्क टुटेको छ । बुधबार राती करीब ८ बजेतिर आएको बाढीले छाङरु र टिङ्करका तीन वटा काठे पुल र सडक बगाएको स्थानीय जनकसिंह धामीले जानकारी दिनुभयो ।
काठमाडौँमा घरेलु श्रमिकका रूपमा काम गर्ने बालबालिका न्यूनतम अधिकारबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ । पारिवारिक समस्याका उपत्यका बाहिरका जिल्लाबाट काठमाडौँ आएर घरेलु श्रममा संग्लन २० जना बालबालिकामा गरेको अध्ययनमा यस्तो पाइएको हो ।
लगातार वर्षाका कारण २६ किलोमिटर दूरीको बाह्रबिसे–कोदारी लोकमार्ग अन्तर्गत कोदारी सडकखण्डको इकु भीरमा पहिरो निरन्तर खसिरहेको छ । उक्त पहिरोले १२ दिनदेखि तातोपानी नाका सडक अवरुद्ध हुँदै आएको छ । सडक दैनिक रुपमा अवरुद्ध भएपछि कोदारीपारि रोकिएका मालवाहक कन्टेनरको सामान भरियालाई बोकाएर इकु पहिरो तार्ने गरिएको छ । चीनको तिब्बत हुँदै खासा भई तातोपानी भन्सारमा आइपुगेका मालवाहक कन्टेनर जाँचपास गरेर कोदारीस्थित इकु पहिरोमा रोकिएका छन् । रोकिएका कन्टेनरका सामान भरिया लगाएर पहिरो कटाउन थालिएको छ ।
पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् ।
सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख
जनकपुर, साउन २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेटेर मधेशमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति सुझाव दिएको छ ।भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेश प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने जनाइएको छ । रासस
नवलपुरको गैँडाकोट नगरपालिका –१८ ले सामाजिक सुरक्षा भत्ता नवीकरणलाई प्रभावकारी र सहज बनाउन टोलमै पुगेर सेवा प्रदान गर्ने अभियान थालनी गरेको छ ।
जीवनभर साहित्य साधनामा अनवरत रूपमा समर्पित तीन वरिष्ठ साहित्यकारलाई ‘मधुपर्क सम्मान २०८२’ प्रदान गरिएको छ । मधुपर्कको ५८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यव्रmममा मधुप
सिन्धुपाल्चोकको तातोपानीमा बर्खा सुरु भएसँगै निरन्तर सडक अवरुद्ध हुँदै आएको छ । साउनको झरीले पहिरो चलेपछि सडक पूर्ण रूपमा ठप्प भएको हो । नेपाल–चीनबिचको उत्तरत
राम, सीता, लक्ष्मण, कृष्ण, राधा र हुनमान लगायतको भेषमा सजिएको शोभायात्रा । बागलुङमा संरक्षित बास्सा नाच प्रदर्शन गर्न अन्य नाचजस्तो सरल र सहज छैन । तर वर्षेनी गाइजात्राको दिन बास्सा नाच देखाइने गरिएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परिक्षाका लागि गुल्मीबाट एक हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । आज बिहिबारदेखि भदौ ६ गतेसम्म सञ्चालन हुन लागेको एसइई ग्रेड वृद्धि परीक्षामा यस जिल्लाका १४२ विद्यालयबाट एक हजार १४६ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेसबिना मुलुक अगाडि बढ्न नसक्ने बताउनुभएको छ । मुलुकमा स्थायित्व ल्याउन र सबैको विश्वास जितेर अघि बढ्न कांग्रेस सफल बन्दै आएको भन्दै उहाँले कांग्रेसप्रति जनताको दृढ विश्वास र भरोसा रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्धनलाई मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ को शनिबारे क्षेत्रबाट अवैध रूपमा गिट्टी, माटो उत्खनन गरी बाहिरी जिल्लातिर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलटारले १७ वटा टिप्पर नियन्त्रणमा लिएको छ । चौदण्डीगढी नगरपालिका–४ स्थित