शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको बैठकको आयोजना गर्ने अमेरिकी राज्य अलास्का, रुसमा साम्राज्यवादी पुरानो स्मृति र प्रायः कम गम्भीर क्षेत्रीय दावीको स्रोत हो ।
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१ गते शनिबार आफ्नो जलाशय सफा गर्ने भएको छ ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस–२ छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
नेकपा (एमाले) कोसी प्रदेश कमिटीले आधिकारी फेसबुक, टिकटक र युट्युब एकाउन्ट सञ्चालनमा ल्याएको छ । धनकुटाको हिलेमा साउन २७ र २८ गते चलेको प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको क्रममा आधिकारिक एकाउन्ट सार्बजनिक गरिएको हो ।
अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र आसपासका क्षेत्र । समुद्री सतहदेखि दुई हजार ८३० मिटर उचाइमा यो ताल रहेको छ ।
जिल्लाको पूवीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–१, विच्छ्यामा बुधबार राति आएको बाढीपहिरोले यहाँका स्थानीयकाे उठिबास भएको छ ।
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षपछि, जापान र चीनले वार्षिकोत्सवलाई प्रमुख कार्यक्रमहरूसहित मनाइरहेका छन्, तर फरक मितिमा र फरक तरिकाले ।
सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुका हिन्दु मधेसी समुदायका महिलाले आफ्ना सन्तानको दीर्घायूको कामना गर्दै विहीबार धुमधामसाथ तीन छठ्ठी पर्व मनाएका छन् ।
आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न जनतालाई सुरक्षित आवास निर्माण कार्यलाई निरन्तरता दिएको छ ।
गत सोमबार राति ११ बजे आठबिसकोट नगरपालिका–१४, घेत्मा स्वास्थ्य चौकीमा एक महिलाको प्रसूति गराउने कामका लागि स्वास्थ्यकर्मीको टोली तल्लिन थियो । राति नै मदिराले लठ्ठ भएका एक युवा स्वास्थ्य चौकी भित्र होहल्ला गर्दै छिरे ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका-२, थामकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।